साहित्य

केछ त्यो हृदयस्पर्शी प्रेम-पत्र मा जुन आज प्रणय दिवस मनाइन्छ


erastriya बुधबार, फागुन ०२, २०८०

अंग्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ मा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाइन्छ । तर्क गर्नेहरूले त भन्छन्, ‘यो पश्चिमा, आयातित संस्कृति हो ।’ तर अर्काथरी भन्छन्, ‘प्रेमको कुनै भूगोल हुँदैन, यो त भावनाको कुरा हो ।’

 

आखिर जे भए पनि यो एउटा प्रेम विमर्श गर्ने उत्सव हो । त्यसो त प्रणय दिवस रोमन पर्वमा आधारित एउटा पुरानो परम्परा मानिन्छ । रोमनहरुले बसन्त ऋतुको आरम्भ मानी फेब्रुअरीको मध्यतिर लुपरकालिया भन्ने पर्व मनाउने गरेका थिए । यसै दिवसको नाम एकजना प्रशिद्ध ईशाई सन्तको नाम राखिएको हो भनिन्छ । यद्यपि ती सन्त को थिए भन्ने बारेमा विभिन्न किवंदन्ती छन् । सबैभन्दा चल्तीको कथा ‘सन्त भ्यालेनटाइन’को हो, जो ईशाको तेस्रो शताब्दीताका रोमका पादरी थिए । प्रणय दिवसको सम्बन्धमा एउटा घतलाग्दो कथा छ । 

तेस्रो शताब्दीमा रोममा एक शासक थिए, ‘क्लोडियस’ नामका । उनको मान्यता थियो, जब विवाह गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । घरजम गरेपछि, पारिवारिक जिम्मेवारी बढेपछि पुरुषहरूले आफ्नो सामथ्र्य गुमाउँछन् । त्यही कारण उनले एउटा अनौठो उद्घोष गरिदिए— ‘आजदेखि कुनै पनि अधिकारी वा सैनिकले विवाह गर्न पाउने छैन ।’

क्लोडियसको यो उद्घोष सर्वमान्य हुने कुरै भएन । कतिले यसमा असहमति जनाए । त्यसैमध्येका थिए, सन्त भ्यालेन्टाइन । सन्त भ्यालेन्टाइन रोमका एक पादरी थिए । उनले क्लोडियसको खुलेर विरोध मात्र गरेनन् सबैलाई विवाहका लागि उक्साए पनि । यही क्रममा केही अधिकारी र सैनिकले विवाह गरे ।

जब सन्त भ्यालेन्टाइनले आफ्नो मान्यता विपरीत प्रेम र विवाहका लागि अरूलाई प्रेरित गरे, उनलाई बन्दी बनाउने आदेश जारी भयो । उनलाई कालकोठरीमा बन्दी बनाइयो । आखिरमा सन्त भ्यालेन्टाइनलाई फाँसी दिने भइयो ।

कति इतिहासकारका अनुसार फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनि लेखे, ‘फ्रम योर भ्यालेन्टाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईंकी आफ्नी दृष्टिविहीन छोरीलाई दिनू ।’

 

सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेन्टाइनलाई फाँसी दिइयो । समयक्रममा यही दिनलाई भ्यालेन्टाइनको समर्पणमा मानिसहरूले भ्यालेन्टाइन डे मनाउन सुरु गरे ।

प्रेम सप्ताह

पहिला एक दिन अर्थात् फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डे भनिन्थ्यो । अहिले साताव्यापी रूपमा यो पर्व मनाइन्छ । यसको सुरुवात रोज डेबाट सुरु हुन्छ । गुलाब दिने, प्रस्ताव राख्ने, चकलेट दिने, टेडी दिने, प्रमिस गर्ने, हग गर्ने र आखिरमा भ्यालेन्टाइन डे मनाउने । यो सिलसिला फेब्रुअरी ७ बाट सुरु हुन्छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे र अन्य दिन एवं रितले मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

जेठ २९, २०८२

तनहुँका ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध
तनहुँका ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध

मंसिर २३, २०८१

डाक्टर मुस्कान  जो डाक्टर पेसा छाेडेर कवितामा जिवन खोज्दै छिन!
डाक्टर मुस्कान जो डाक्टर पेसा छाेडेर कवितामा जिवन खोज्दै छिन!

जेठ ०३, २०८१

कस्तो प्रेम थियो मन पराएको ६५ वर्ष पछि प्रेम प्रस्ताव
कस्तो प्रेम थियो मन पराएको ६५ वर्ष पछि प्रेम प्रस्ताव

फागुन ०७, २०८०

ताजा अपडेट

  • अस्पतालको होस्टेलको छतमा भेटियो दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स

    अस्पतालको होस्टेलको छतमा भेटियो दुर्घटनाग्रस्त विमानको…

  • इरानमाथि इजरायलको अर्को आक्रमण जारी

    इरानमाथि इजरायलको अर्को आक्रमण जारी

  • गृह मन्त्री लेखकले बोल्दै गर्दा रास्वपाले रोष्ट्रम पुगेर गरे नाराबाजी

    गृह मन्त्री लेखकले बोल्दै गर्दा रास्वपाले रोष्ट्रम पुगेर…

  • आजको राशिफल: २०८२ जेठ ३० गते शुक्रबार

    आजको राशिफल: २०८२ जेठ ३० गते शुक्रबार

  • पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!

    पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!

  • अत्याधिक गर्मीले लु हुनसक्छ, बच्न यो घरेलु उपाय अपनाउनुहोस्

    अत्याधिक गर्मीले लु हुनसक्छ, बच्न यो घरेलु उपाय अपनाउ…

  • स्पेनमा भेटियो ३ हजार वर्ष पुरानो गहना, जो थियाे पृथ्वीभन्दा बाहिरको धातुकाे

    स्पेनमा भेटियो ३ हजार वर्ष पुरानो गहना, जो थियाे पृ…

  • प्रतिनिधिसभा बैठक बस्दै, सुचारू हुन सक्नेमा शंका कायमै

    प्रतिनिधिसभा बैठक बस्दै, सुचारू हुन सक्नेमा शंका काय…