अर्थ/बाणिज्य

सरकारले करिब ४ खर्ब ३६ अर्ब सार्वजनिक ऋण तिर्दै


erastriya शनिबार, फागुन ०५, २०८०

राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि संघीय सरकारले विनियोजन गर्ने बजेटको सिलिङ (सीमा) तोकेको छ।

आयोगका उपाध्यक्षको संयोजकत्वमा हुने स्रोत अनुमान समितिले अनुमानित उपलब्ध हुन सक्ने स्रोतका आधारमा १८ खर्बको सिलिङ तोकेको हो।

चालु वर्षमा पनि राजस्वको परिचालन सुस्त देखिएको, वैदेशिक सहायता अपेक्षित आउन नसकेको अवस्थामा बजेटको आकार चालु वर्षको तुलनामा करिब ५० अर्ब मात्रै बढाउन भनिएको हो।

सरकारले चालु वर्षमा १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरेको थियो। तर, मध्यावधि मूल्यांकन गर्दै खर्च हुन सक्ने बजेट भने १५ खर्ब ३० अर्ब आकलन गरिएको छ। आयोग स्रोतका अनुसार आगामी वर्षको पुँजीगत खर्च चालुको तुलनामा केही अर्ब मात्रै बढी हुनेछ। यो वर्ष सरकारले पुँजीगत खर्च गर्न ३ खर्ब २ अर्ब विनियोजन गरेको थियो। तर सार्वजनिक ऋणको सावाँ ब्याजको भुक्तानी दबाबले चालु र वित्तीय व्यवस्थापन शीर्षकको बजेट बढ्ने छ।

सरकारले आगामी वर्षमा करिब ४ खर्ब ३६ अर्ब सार्वजनिक ऋणको सावाँ ब्याज भुक्तानी गर्दैछ। ब्याज भुक्तानीका लागि चालु खर्च र सावाँ फिर्ताका लागि वित्तीय व्यवस्थापन खर्च बढाउनु पर्नेहुन्छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

चिनियाँ कम्पनिले सिन्धुलीमा भैसीको मासु प्रशोधन उद्योग खोल्न २० अर्ब लगानी गर्दै,
चिनियाँ कम्पनिले सिन्धुलीमा भैसीको मासु प्रशोधन उद्योग खोल्न २० अर्ब लगानी गर्दै,

साउन १३, २०८२

कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ
कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

असार १८, २०८२

प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक
प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

असार १५, २०८२

हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं- प्रचण्ड
हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं- प्रचण्ड

असार १४, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा