अन्तर्राष्ट्रिय

जापानले हरेक वर्ष नेपालबाट २० हजार कामदार लैजाने सम्झौता


erastriya आइतबार, फागुन १३, २०८०

अब नेपाली युवा कामदार भिसामा जापानमा जान पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशेष सीप (स्पेसल स्किल) भएका कामदार (एसएसडब्लु) पठाउने कार्यविधि स्वीकृत गरेसँगै नेपालीहरु कामदार भिसामा जापान जान पाउने भएका हुन् । 

 

जापानले विशिष्ट सीप भइ दक्षता हाँसिल गरेकाहरुलाई एसएसडब्लु अन्तर्गत विश्वका धेरै देशहरुबाट आफ्नो देशमा कामदार लैजाने गरेको छ । अब जापानले नेपालबाट पनि यसरी कामदार लाने भएको हो । यसबारे नपाल र जापानबीच सन् २०१९ मा नै सम्झौता भएको मन्त्रालयले जनाएको छ । तर, कार्यविधि नबनेकाले यसको प्रक्रिया अघि बढेको थिएन।

 

मन्त्रालयका प्रवक्ता राजिव पोख्रेलले माघको अन्तिम साता यसबारेको कार्यविधि स्वीकृत गरेको बिजपाटीलाई जानकारी दिए । उनका अनुसार जापानले हरेक वर्ष कम्तिमा २० हजार नेपाली कामदार लैजाने मन्त्रालयको अनुमान छ । सम्झौता जीटूजी भएकाले यतिनै लैजान्छ भनेर यकिन रुपमा भन्न भने नसकिने उनले बताए । तर, कम्तिमा वर्षमा २० हजार युवाहरु यस अन्तर्गत जापान जान पाउने उनको भनाई छ । 

 

सुरुमा जापानका रोजगारदाता कम्पनीहरुले ५ वर्षका लागि तोकिएका सिप भएका नेपाली कामदार लैजान्छ । तर, हरेक वर्ष, ६ महिना वा हरेक ४ महिनामा भिसा रिन्यू गर्नुपर्ने हुन्छ ।  

 

यसरी जानका लागि जापानिज भाषा र विशेष सिपको आवश्यक पर्दछ । जापानले नेपालबाट विभिन्न १२ वटा क्षेत्रकालागि कामदार लैजाने उल्लेख छ । सो क्षेत्र अनुसारको विशिष्ट सिप र भाषा परिक्षा पास भएपछि त्यहाँ जान पाइने छ । 

 

त्यहाँ नेपाली कामदरलाई जापानकै 'बेसिक स्यालरी' अनुसारकै तलव हुनेछ । तर, काम गर्न क्षेत्र अनुसार तलव केहि तलमाथि हुन सक्ने मन्त्रालयले जनाएको छ । प्रवक्ता पोखरेलका अनुसार कुनै पनि क्षेत्रमा कम्तिमा मासिक ३ लाख नेपाली रुपैयाँ भन्दा कम भने भने हुने छैन। 

नेपालका म्यानपावरहरुले जापानका रोजगारदाता कम्पनीसँग डिमाण्ड गर्ने र सोहि अनुसार म्यानपावरले नै कामदार त्यहाँ पठाउने प्रवक्ता पोखरेलको भनाई छ । नेपालबाट जाने कामदारको जापान जादा लाग्ने खर्च सबै रोजगारदाताले ने व्यहोर्ने उनको भनाई छ । तर, कतिपय अवस्थामा रोेजगारदाता र म्यानपावरबीच भएको सम्झौतामा अनुसार कामदारले जाने खर्च व्योहर्नुपर्ने हुनसक्ने उनको भनाई छ । 

 

एसएसडब्लु अन्तर्गत जापालने फिलिपिन्स, भियतनाम, भारत लगायत देशबाट विशेष सिप भएका कामदार लगिरहेको छ। नेपालबाट पनि ९ सय बढी एसएसडब्लु अन्तर्गत ब्यतिगत रुपमा श्रम स्वीकृती लिएर जापान गइसकेका छन् । तर अब भने संस्थागत रुपमा नेपाली कामदार जापान जान पाउने छन् ।  

 

मन्त्रालयका अनुसार अब छिटै वैदेशिक रोजगार विभागले एसएसडब्लु अन्तर्गत विदेश कामदार पठाउनका लागि म्यानपावर कम्पनीहरुलाई सूचिकृत हुनका लागि सूचना जारी गर्नेछ। त्यसपछि सूचिकृत म्यानपावरले जापानको रोजगारदाताबाट डिमान्ड ल्याउने र सोहि अनुसार यताबाट म्यानपावरले जापान पठाउँछ । 

 

कुन कुन सिप भए जान पाइन्छ ? 

 

१) नर्सिङः स्याहार सुसार

 

२) भवन सरसफाई व्यवस्थापन

 

३) कच्चा माल उद्योग, औद्योगिक मेसिनरी उत्पादन उद्योग , इलेक्ट्रोनिक्स उद्योग

 

५) निर्माण

 

६) पानी जहाज निर्माण र पानी जहाज मेशिनरी उद्योग

 

७) खाना र पेय पदार्थको उत्पादन उद्योग, खाद्य सेवा उद्योग

 

८) अटोमोबाइल मर्मत(सम्भार)

 

९) उड्डयन

 

१०) होटल सम्बन्धी उद्योग, 

 

११) कृषि

 

१२) मत्स्यपालन तथा अकुवाकल्चर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

साउन १५, २०८२

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने
नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

साउन १३, २०८२

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै
भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

साउन ०८, २०८२

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर
मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

साउन ०८, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा