खेलकुद

चर्च ब्वाइज ए डिभिजन लिग खेलेको पहिलो सिजनमै च्याम्पियन


erastriya मंगलबार, जेठ २३, २०८०

यो सिजन ए डिभिजन लिगमा डेब्यू गरेको चर्च ब्वाइजले अन्तिम खेलअघि ४५ अंक जोडेको छ। 


चर्च ब्वाइज २०७८ को चैतमा बी डिभिजन च्याम्पियन हुँदै ए डिभिजनमा बढुवा भएको थियो।
यो सिजन ए डिभिजन लिगमा डेब्यू गरेको चर्च ब्वाइजले अन्तिम खेलअघि ४५ अंक जोडेको छ। 

दोस्रो स्थानको साविक विजेता मछिन्द्रको दुई खेल बाँकी रहदा ३९ अंक छ। अब अन्तिम खेलमा चर्च ब्वाइज पराजित भएको अवस्थामा मछिन्द्रले बाँकी दुवै खेल जितेमा शीर्ष स्थानको चर्च ब्वाइजसँग अंक बराबरी गर्नेछ। तर मछिन्द्र चर्च ब्वाइजसँग हेड टु हेडमा पछि छ। चर्च ब्वाइजले मछिन्द्रविरुद्ध पहिलो खेल बराबरी खेल्दा दोस्रो खेलमा जित निकाल्यो। 

यता चर्च ब्वाइजसँग बराबरी खेलेसँगै २९ अंक जोडेको १२औं स्थानको थ्रीस्टारमाथि रेलिगेसन दबाब बाँकी नै छ। 
 

चर्च ब्वाइजले २०६० साल ताका फुटबल खेल्न सुरू गरेको थियो। उसले पूर्वका विभिन्न प्रतियोगितामा समेत भाग लिएको थियो।
२०६६ सालमा भने क्लबलाई औपचारिक रूपमा दर्ता गरियो। सुरूमा मोरङ उर्लाबारीको क्लबको रूपमा चिनिएको चर्च ब्वाइजको दर्ता भने ललितपुर जिल्ला खेलकुद विकास समितिमा भएको छ। कार्यालय ललितपुरकै बालकुमारी राखिएको छ।

औपचारिक रूपमा क्लब दर्ता गरेपछि चर्च ब्वाइजले सी डिभिजन छनोट खेल्न थालेको थियो। 

सुरूमा सी डिभिजनको छनोटमा १० वर्षसम्म चर्च ब्वाइज सफल भएन। २०७६ मा सी डिभिजनको छनोट पार्दै सी डिभिजन क्लब बन्न सफल भयो। २०७७ मा चर्च ब्वाइज सी डिभिजन च्याम्पियन हुँदै बी डिभिजनमा पुग्यो।

२०७८ मा बी डिभिजन च्याम्पियन बनेपछि चर्च ब्वाइजले २०७९-८० को ए डिभिजन लिग खेलेको डेब्यू सिजनमै उपाधि जित्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित
एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

चैत २३, २०८१

त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

चैत ०६, २०८१

साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक
साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

चैत ०४, २०८१

प्रथम आइजिपी कप पुरूष क्रिकेट प्रतियोगिता सुरू
प्रथम आइजिपी कप पुरूष क्रिकेट प्रतियोगिता सुरू

फागुन २७, २०८१

ताजा अपडेट

  • विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

    विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

  • रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधिकांश भू–भाग कब्जा गरेको दाबी

    रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधि…

  • प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

    प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेट…

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस