राजनीति

ओलीजि ले बसौन भन्दा पनि बसिन, प्रचण्ड भित्रभित्रै भेट्दा रहेछन्: देउवा


erastriya सोमबार, फागुन २१, २०८०

‘मलाई दिनमा दुई पटक केपी ओलीले फोन गरेर भेटौ बसौं भन्दै आएका थिए। भेट्न आउँछु भन्थे। मैले गठबन्धनमा आशंका हुन्छ भनेर ओलीलाई भेट्दा पनि भेटिनँ,’ बस्दा पनि बसिन सभापति देउवाले पदाधिकारी बैठकमा भने, ‘सबै कुरा दिँदा पनि प्रचण्डले गठबन्धनलाई अगाडि बढाउन मानेनन्। उनको नियत नै धोका दिने रहेछ।’

कांग्रेसभित्र प्रधानमन्त्रीलाई दिएको विश्वास मत फिर्ता लिनेबारे पनि कुराकानी चलेको थियो। तर नयाँ गठबन्धनमा लागेकोले यसतर्फ नलाग्ने सहमति नेताहरूबीच भएको थियो।यो कोर्स भत्काउने सुरूवात प्रचण्डले गरेकोले कोर्स पूरा गर्न दिउँ भन्ने कुरा भएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिने, मन्त्री फिर्ता बोलाउने कुरा पनि भएको थियो तर त्यता लागिएन,’ एक पदाधिकारीले भने, ‘देश दुनियाँलाई अस्थिरताको कारक प्रचण्ड हो भन्ने पनि थाहा होस् न!’

सभापति देउवाले बैठक बिट मार्दै पछिल्ला छ महिनादेखि प्रधानमन्त्री प्रचण्ड ओलीसँग नजिकिएको पाइएको सुनाएका थिए।‘अहिलेको नयाँ समीकरणचाहिँ छ महिनादेखि ओलीसँग प्रचण्डले भित्रभित्रै गरेको संवादको फल हो,’ देउवाको भनाइ थियो, ‘प्रचण्डको नियत नै धोका दिने हो। अहिले नदिए पछि दिन्थे। यो बहाना टारे अर्को खोज्थे।’पदाधिकारी बैठकमा कतिपय नेताहरूले भने कम्युनिष्टहरू एक हुनका लागि कांग्रेससँगको गठबन्धन प्रधानमन्त्री प्रचण्डले टुटाएको हुन सक्ने बताएका थिए। 

कांग्रेसले मंगलबार अपराह्न ३ बजे देउवा निवास बूढानिलकण्ठमै कार्यसम्पादन समिति बैठक गरेर पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ। 

 

सोमबार बिहान बूढानिलकण्ठमा भएको छलफलमा सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को नियत नै धोका दिने रहेको निष्कर्ष पनि सुनाए।

सुरूमा संघीय सरकारमा पार्टीबाट नेतृत्व गरेर गएका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन टुट्नुअघिका घटनाक्रमबारे ब्रिफिङ गरेका थिए।कोशीमा नेकपा (एमाले) का ३९ सांसदसँग मिलेर कांग्रेसका ८ सांसदले केदार कार्कीलाई मुख्यमन्त्री बनाएको, माघ ११ को राष्ट्रिय सभा चुनावमा माओवादी उम्मेदवार चम्पादेवी कार्कीलाई हराएको र तीन महिनादेखि संघीय सरकारका मन्त्री फेर्न खोजे पनि देउवा नमानेको र महासमिति बैठकका प्रस्तावमा गठबन्धन नगर्नेजस्ता कुरा राखेकोमा प्रधानमन्त्री दाहाल असन्तुष्ट थिए।

 

मन्त्रिपरिषद पुनर्गठनका विषयमा पनि प्रधानमन्त्री प्रचण्डले सभापति देउवासँग गम्भीरतापूर्वक छलफल नगरेको कांग्रेसको निष्कर्ष छ। मन्त्री फेर्ने कुरामा पनि प्रधानमन्त्रीजीले कहिल्यै गम्भीरतापूर्वक कुरा राख्नुभएन।

 

मन्त्री फेर्ने विषयमा सभापति देउवा भने लामो समयसम्म तयार देखिएका थिएनन्। दुई वर्षका लागि पार्टीले मन्त्री पठाएकोले पूरा अवधि काम गर्न पाउनुपर्छ भन्ने अडानमा सभापति देउवा थिए। 

 

तर प्रधानमन्त्री प्रचण्डले दबाब बढाउँदै लगेपछि आइतबार अपराह्न भने सभापति देउवाले मन्त्री हेरफेर गर्न आफू तयार रहेको सन्देश बालुवाटारमा पठाएका थिए।‘सभापतिजीले आइतबार बिहानसम्म पनि अर्थमन्त्री प्रकाशशरण महतलाई हटाउन हुन्न भनिरहनु भएकै रहेछ। के कुरा हो म महतलाई भनिदिन्छु नि! भन्दै प्रधानमन्त्रीसँग कुरा गर्नु भएको रहेछ,’ ती पदाधिकारीले भने, ‘तर अपराह्न उहाँले मन्त्री फेर्नमा सहमतिसहित राष्ट्रिय सभा अध्यक्ष पनि छाड्न तयार रहेको सन्देश प्रधानमन्त्रीजीलाई पठाउनुभएको रहेछ।’

मन्त्री फेर्न र राष्ट्रिय सभा अध्यक्षसमेत छाड्न सभापति देउवा तयार भए पनि प्रधानमन्त्री दाहाल भने नयाँ समीकरण बनाउन जुटेका थिए। आइतबार बेलुकी बालुवाटारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेलगायतसँग प्रधानमन्त्रीले लामो समय छलफल गरी नयाँ समीकरणसाथ अघि बढ्ने समझदारी गरेका थिए।

 

‘कोशीमा हामीले सभामुख छाड्यौं, मुख्यमन्त्री छाड्यौं तर कांग्रेसले राष्ट्रिय सभामा पनि धोका दियो,’ प्रधानमन्त्रीका भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब कांग्रेससँग सहकार्य गरिराख्न साथीहरूले मानेनन। 

सभापति देउवाले पनि आफूले निरन्तर प्रधानमन्त्री दाहालसँग कुराकानी गरिरहे पनि गठबन्धन नै टुटाउने खालका कुरा यसअघि नगरेको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन
मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

साउन २८, २०८२

रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै
रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

साउन २६, २०८२

समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव
समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

साउन १९, २०८२

रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै
रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

साउन १६, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा