शिक्षा

अनौठो घटना संसारमा पुरुष बनाउने जीन समाप्त हुँदै


erastriya शनिबार, जेठ २७, २०८०

मानव र अन्य स्तनधारी प्राणीहरूको लिंग वाई क्रोमोजोममा निर्भर रहन्छ। कुनै पनि व्यक्तिको लिंगको निर्धारण क्रोमोजममा निर्भर रहन्छ । प्रोसिडिङ्स अफ द नेशनल एकेडेमी अफ साइन्समा प्रकाशित अनुसन्धानका अनुसार पुरुषमा वाई क्रोमोजोम बिस्तारै हराउँदै गएको छ । यसको स्थानमा नयाँ लिंग जीन विकास भएन भने पुरुष संसारबाट लोप हुने वैज्ञानिकहरुको अनुमान रहेको छ ।

काठमाण्डौं । मानव र अन्य स्तनधारी प्राणीहरूको लिंग वाई क्रोमोजोममा निर्भर रहन्छ। कुनै पनि व्यक्तिको लिंगको निर्धारण क्रोमोजममा निर्भर रहन्छ । प्रोसिडिङ्स अफ द नेशनल एकेडेमी अफ साइन्समा प्रकाशित अनुसन्धानका अनुसार पुरुषमा वाई क्रोमोजोम बिस्तारै हराउँदै गएको छ । यसको स्थानमा नयाँ लिंग जीन विकास भएन भने पुरुष संसारबाट लोप हुने वैज्ञानिकहरुको अनुमान रहेको छ ।

वाई क्रोमोजोमले बच्चाको लिंग निर्धारण गर्छ
मानिस र अन्य स्तनधारीको कुरा गर्दा स्त्री जातिसँग दुईवटा एक्स क्रोमोजोम हुन्छन् । तर, पुरुषमा भने एक्स क्रोमोजोमसँगै सानो वाई क्रोमोजोम पनि हुन्छ। एक्स क्रोमोजोममा ९ सय वटा जीनहरू हुन्छन् । लिंग निर्धारणसँग यसका कुनै सरोकार राख्दैन ।

वाई क्रोमोजोममा ५५ वटा जीनहरू हुन्छन् । यो क्रोमोजोम आकारमा सानो हुन हुन्छ, तर यसको काम ठूलो र महत्त्वपूर्ण छ। यसमा एक आवश्यक जीन एसआरवाई हुन्छ, जसले गर्भधारण भएको १२ हप्तापछि बच्चामा अण्डकोषको विकास गर्न भूमिका निर्वाह गर्छ । भ्रूणमा यी अण्डकोषले पुरुष हर्मोनको उत्सर्जन गर्दछ, जसको कारण पुरुष लिंग भएको बच्चा जन्मन्छ।

हराउँदै छ वाई क्रोमोजोम
अनुसन्धानका अनुसार पुरुष मानव र अन्य स्तनधारीहरुमा वाई क्रो

मोजोम घट्दै गएको छ । यो अनुमान अस्ट्रेलियाली प्लैटिपसद्वारा गरिएको छ। यिनीहरुमा एक्स र वाई क्रोमोजोमको जिन संख्या बराबर रहेको हुन्छ । यसबाट वैज्ञानिकहरूले पत्ता लगाएका छन की कुनै समय मानिसमा पनि एक्स र वााई क्रोमोजोमको जीनको संख्या बराबर थियो। यसको मतलब वाई क्रोमोजोममा पनि ५५ को सट्टा ९०० वटा नै जिन थिए ।

यसबाट अनुमान लगाउन सकिन्छ कि १६ करोड ६० लाख वर्षमा मानिसले वाई क्रोमोजोमका ८४५ जीन गुमाएको छ । यसको मतलब हामीले प्रत्येक १० लाख वर्षमा वाई क्रोमोजममा हुने ५ वटा जीनहरु गुमाइरहेका छौं । यदि वाई क्रोमोजमबाट जीनको संख्या घट्ने क्रम आगामी १ दशमलब १ करोड वर्षमा वाई क्रोमोजम पूर्ण रुपमा नस्ट हुने वैज्ञानिकहरुले अनुमान गरेका छन् ।

मुसामाथि अध्ययन
मुसाका दुई प्रजातिले वाई क्रोमोजोम गुमाए पनि अझै लोप भएका छैनन् । यी पूर्वी युरोपका मोल वोल्स र जापानको स्पाइनी मुसा हुन्। शोधकर्ताहरूले तिनीहरूमा एक्स क्रोमोजोम मात्र फेला पारेका छन्। ती मुसामा एसआरवाई जीन पनि भेटिएको छैन ।

वैज्ञानिकहरूले मोल वोल्स मुसामा एसओएक्स नाइन भनिने यौन जीन भएको पत्ता लगाएका छन्। पुरुष मुसामा यो जीनसँग डुप्लिकेट डीएनए भेटियो। सोहीमार्फत नै एसवोएक्स नाइन जीनले एसआरवाई जस्तै काम गर्ने गरेको छ । सोही डीएनए गतिविधिले भाले र पोथी मुसालाई एकअर्काबाट अलग गर्छ। भविष्यमा यो सम्भव छ कि मानिसमा पनि कुनै दोस्रो जीन एसआरवाई जीनको विकास हुन सक्छ अथवा कुनै नयाँ लैंगिक जीनको विकास हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

१ दिन अघि

एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बस्दै
एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बस्दै

असार १३, २०८२

सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर
सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

जेठ १७, २०८२

कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

माघ २२, २०८१

ताजा अपडेट

  • निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

    निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना…

  • संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

    संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्न…

  • गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

    गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव …

  • एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

    एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, ने…

  • कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

    कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोष…

  • सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

    सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधे…

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…