अन्तर्राष्ट्रिय

अब सजिलै इजरायलमा नेपाली कामदार जान पाउने यस्तो छ प्रक्रिया


erastriya शनिबार, चैत ०३, २०८०

काठमाडौँ । इजरायलले मेनपावर व्यवसायीमार्फत समेत नेपाली कामदार लैजाने भएको छ । त्यसका लागि प्रक्रिया अगाडि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।इजरालयमा हाल जी–टु–जी मार्फत (सरकार–सरकार) मात्रै नेपाली कामदार जाने गरेका थिए । अब भने मेनपावर व्यवसायीमार्फत समेत नेपाली श्रमिकहरू इजरायल जान पाउने भएका हुन् ।

इजरायलका कृषि, निर्माण, उत्पादनमूलक क्षेत्र लगायतमा मेनपावर व्यवसायीले नेपाली कामदार पठाउन पाउने भएका हुन् । यसअघि केयर गिभरमा सरकारले मार्फत कामदार पठाउँदै आएको थियो ।कामदारको अभाव देखिएपछि इजरायले नेपालबाट १० हजार भन्दा बढी कामदार लैजाने प्रस्ताव पटक पटक गर्दै आएको थियो । सोही आधारमा पहिलो चरणमा ५ हजार भन्दा बढी नेपाली कामदार लैजान लागेको हो । त्यसका लागि मेनपावर व्यवसायीमार्फत डिमान्ड पठाउनेछ । र वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिनेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले मेनपावर व्यवसायी (बी–टु–बी) मार्फत कामदार पठाउन खुला गरिएको बताए ।‘पहिला जी–टु–जी गरेर केयरगिभर पठाइरहेका थियौँ । अहिले इजरायलमा कामदारको अभाव भएर कृषि, उत्पादनमूलक, हस्पिटाटिली लगायतका क्षेत्रमा मान्छे लैजान्छु भन्यो । त्यही आधारमा नयाँ सेक्टरका लागि खुला गरिएको हो,’ प्रवक्ता पोखरेलले भने ।वैदेशिक रोजगार ऐन, वैदेशिक रोजगार नियमावली अनुसार नै व्यवसायीहरूले इजरायलमा कामदार पठाउन पाउने प्रवक्ता पोखरेलको भनाइ छ ।

‘जि टु जी मार्फत कामदार पठाउन सरकारको प्रक्रिया निकै लामो हुन्छ । हामीलाई तत्कालै विभिन्न क्षेत्रमा कामदार चाहिएको छ । मेनपावर व्यवसायीमार्फत कामदार लैजाने बाटो खुला गरिगरिदिनुपर्‍यो भनेर इजरायलले पटक पटक अनुरोध आएको थियो । सोही आधारमा व्यवसायीलाई खुला गरिदिएका हौँ,’ प्रवक्ता पोखरेलले भने ।नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले सरकारले केयरगिभर बाहेक अन्य क्षेत्रमा कामदार पठाउन बाटो खुला गरिदिएको बताए ।नेपालबाट इजरायलले १० हजार जना लैजाने प्रस्ताव गरेको थियो । जसमा पहिलो चरणमा ५ देखि ६ हजारको हाराहारीमा कामदार पठाउने गरी व्यवसायीहरूले तयारी गरेका छन् ।

व्यवसायीका लागि खुला गरिएसँगै कृषि क्षेत्रमा २०० जनाको डिमान्ड आइसकेको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीले २०० जना कामदारका लागि डिमान्ड आइसकेको र वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति समेत दिइसकेको बताए ।मन्त्रालयले डिमान्ड आएपछि मात्रै खुला गरिने बताएको थियो । सोही आधारमा व्यवसायीहरूले डिमान्ड ल्याएपछि कामदार पठाउन खुला गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

साउन १५, २०८२

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने
नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

साउन १३, २०८२

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै
भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

साउन ०८, २०८२

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर
मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

साउन ०८, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा