मनोरञ्जन

महिला कर्मचारीलाई पछाडिबाट अँगालो हाल्ने राष्ट्र बैंकका हाकिमसाब बर्खास्त


erastriya बुधबार, चैत ०७, २०८०

महिला कर्मचारीलाई पछाडिबाट अँगालो हाल्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक बर्खास्त 

काठमाडौँ । नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन् । बैंकका उच्चपदस्थ महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको अभियोगमा उनलाई बर्खास्त गरिएको हो । बैंकको निर्णयमा राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन, २०७४ समेत मिलाइएको रूपमा) को विनियम १४५ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी आचार्यलाई मंगलबारदेखि सेवाबाट हटाइएको उल्लेख छ।

गत पुस २७ गते राष्ट्र बैंकले भक्तपुरको नगरकोटस्थित एक होटलमा तनाव व्यवस्थापनसम्बन्धी दुईदिने आवासीय कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्याक्रममा आचार्यले महिला कर्मचारीमाथि दुर्व्यवहार गरेका थिए । तालिम सकिएपछि आयोजित रात्रिभोजमा संलग्न भइरहेका बेला आचार्यले दौडिएर ती उच्चपदस्थ महिला कर्मचारीलाई पछाडिबाट अंगालो हालेका थिए।

आचार्यले आफूमाथि दुर्व्यवहार गरेको भन्दै पीडितले निवेदन दिएपछि घटनाबारे राष्ट्र बैंक आफैँले छानबिन गरिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!
पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!

जेठ ३०, २०८२

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार
रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

जेठ २५, २०८२

'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल
'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल

जेठ २२, २०८२

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म

जेठ २०, २०८२

ताजा अपडेट

  • त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा स्कटल्याण्ड र नेदरल्याण्डस भिड्दै

    त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा स्कटल्या…

  • इरानी रक्षा मन्त्रालयमा हमला, इजरायलको हाफिजा तेल प्रशोधन केन्द्र ध्वस्त

    इरानी रक्षा मन्त्रालयमा हमला, इजरायलको हाफिजा तेल प्र…

  • एक महिना भित्र भिजिट भिषामा छानबिन समिति बन्छ: प्रचण्ड

    एक महिना भित्र भिजिट भिषामा छानबिन समिति बन्छ: प्रचण्ड

  • फिफा क्लब विश्वकप भोलिदेखि, ३२ क्लब भिड्दै

    फिफा क्लब विश्वकप भोलिदेखि, ३२ क्लब भिड्दै

  • ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य सम्पन्न

    ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य सम्पन्न

  • दक्षिण अफ्रिकाले जित्यो २७ वर्ष पछि  आईसीसीको मुख्य प्रतियोगिता  टेस्ट च्याम्पियनसिपको उपाधि

    दक्षिण अफ्रिकाले जित्यो २७ वर्ष पछि आईसीसीको मुख्य प्र…

  • अस्पतालको होस्टेलको छतमा भेटियो दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स

    अस्पतालको होस्टेलको छतमा भेटियो दुर्घटनाग्रस्त विमानको…

  • इरानमाथि इजरायलको अर्को आक्रमण जारी

    इरानमाथि इजरायलको अर्को आक्रमण जारी