समाचार

रवि लामीछाने र धरानका मेयर हर्क साम्पाङ बीच भेटवार्ता भएकोे छ


erastriya आइतबार, चैत १८, २०८०

काठमाडाैं ।गृहमन्त्री रवि लामिछाने र धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएकाे छ ।मेयर साम्पाङद्वारा धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको माग गरेका छ । कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको मेयर साम्पाङको गुनासो गरेका छन् । लोकप्रिय जनप्रतिनिधिले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोमा गम्भीर हुने गृहमन्त्रीको भनाइ छ । गृहमन्त्री लामिछानेले माग सम्बोधनको प्रक्रिया सुरु गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न गृहमन्त्रीलाई मेयर साम्पाङको सुझाव दिएका छन् । प्रहरीलाई ‘आम नागरिकलाई भरः गलत गर्नेलाई डर’ हुने संगठन बनाउने गृहमन्त्रीको प्रतिवद्धता व्यक्त गरे ।

गृहमन्त्री र मेयर साम्पाङबीच लागू औषध दुब्र्यसनी नियन्त्रणबारे पनि छलफल भएकाे जनाइएकाे छ । नशाका लागि विभिन्न थरीका औषधि मिसाएर खाने प्रवृत्ति बढेको तर, त्यसविरुद्ध कारबाही चलाउन कानून नरहेकोबारे प्रमुख साम्पाङद्वारा गृहमन्त्रीलाई ध्यानाकर्षण गराए ।

नियन्त्रणका लागि तीनै तहका सरकारबीच प्रभावकारी सहकार्यसहित विशेष अभियान सञ्चालन गर्नुपर्ने गृहमन्त्रीको भनाइ छ।मेयर साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने गृहमन्त्रीले प्रतिवद्धता व्यक्त गरेकाे जनाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

गृह मन्त्री लेखकले बोल्दै गर्दा रास्वपाले रोष्ट्रम पुगेर गरे नाराबाजी
गृह मन्त्री लेखकले बोल्दै गर्दा रास्वपाले रोष्ट्रम पुगेर गरे नाराबाजी

१ दिन अघि

अत्याधिक गर्मीले लु हुनसक्छ, बच्न यो घरेलु उपाय अपनाउनुहोस्
अत्याधिक गर्मीले लु हुनसक्छ, बच्न यो घरेलु उपाय अपनाउनुहोस्

जेठ ३०, २०८२

स्पेनमा भेटियो ३ हजार वर्ष पुरानो गहना, जो थियाे पृथ्वीभन्दा बाहिरको धातुकाे
स्पेनमा भेटियो ३ हजार वर्ष पुरानो गहना, जो थियाे पृथ्वीभन्दा बाहिरको धातुकाे

जेठ ३०, २०८२

प्रतिनिधिसभा बैठक बस्दै, सुचारू हुन सक्नेमा शंका कायमै
प्रतिनिधिसभा बैठक बस्दै, सुचारू हुन सक्नेमा शंका कायमै

जेठ ३०, २०८२

ताजा अपडेट

  • त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा स्कटल्याण्ड र नेदरल्याण्डस भिड्दै

    त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा स्कटल्या…

  • इरानी रक्षा मन्त्रालयमा हमला, इजरायलको हाफिजा तेल प्रशोधन केन्द्र ध्वस्त

    इरानी रक्षा मन्त्रालयमा हमला, इजरायलको हाफिजा तेल प्र…

  • एक महिना भित्र भिजिट भिषामा छानबिन समिति बन्छ: प्रचण्ड

    एक महिना भित्र भिजिट भिषामा छानबिन समिति बन्छ: प्रचण्ड

  • फिफा क्लब विश्वकप भोलिदेखि, ३२ क्लब भिड्दै

    फिफा क्लब विश्वकप भोलिदेखि, ३२ क्लब भिड्दै

  • ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य सम्पन्न

    ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य सम्पन्न

  • दक्षिण अफ्रिकाले जित्यो २७ वर्ष पछि  आईसीसीको मुख्य प्रतियोगिता  टेस्ट च्याम्पियनसिपको उपाधि

    दक्षिण अफ्रिकाले जित्यो २७ वर्ष पछि आईसीसीको मुख्य प्र…

  • अस्पतालको होस्टेलको छतमा भेटियो दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स

    अस्पतालको होस्टेलको छतमा भेटियो दुर्घटनाग्रस्त विमानको…

  • इरानमाथि इजरायलको अर्को आक्रमण जारी

    इरानमाथि इजरायलको अर्को आक्रमण जारी