राजनीति

सुदूरपश्चिम प्रदेश सरकार छोडे ४ जना कै हत्या गर्ने धम्की दिए रेशम चौधरीले


erastriya सोमबार, चैत १९, २०८०

काठमाण्डौँः नागरिक उन्मुक्ति पाटीका संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूमाथि पार्टी केन्द्रीय कार्यालयभित्रै आक्रमण भएको बताएका छन्।

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरेर उनले आफूहरूलाई रेशम चौधरीले आइतबार पार्टी कार्यालयमा भएको छलफलमै हत्या हुन सक्ने धम्की दिएको र सोमबार केन्द्रीय समिति बैठक सुरू हुनुअघि अनौपचारिक छलफलमा प्रधानमन्त्री भेट्न बालुवाटार गए पिट्ने बताएको दाबी गरेका हुन्। नागरिक उन्मुक्तिको केन्द्रीय कार्यालय अनामनगरमा सोमबार बिहान ८ बजेका लागि बोलाइएको थियो। तर संस्थापक अध्यक्ष रञ्जिता चौधरी आउन ढिला गरिन्। रेशम चौधरी भने आइसकेका थिए। ‘अध्यक्षज्यू बैठकमा आइसक्नु भएको थिएन। केन्द्रीय समिति बैठकअघि अनौपचारिक छलफल भएको थियो। त्यसक्रममा मलाई पार्टी कार्यालयभित्रै ढोका चुकुल चलाएर आक्रमण भयो,’ केन्द्रीय सदस्य विश्वकर्माले भने, ‘अध्यक्ष रञ्जिता आउनुअघि नै विवाद सुरू भएको थियो। 

विवादको सुरूवात कुन गठबन्धनमा जाने भन्नेबाट सुरू भएको थियो। पार्टीका नेता दामोदर पण्डित संयोजकत्वमा रहेको वार्ता टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई भेट्न सोमबार बालुवाटार जाने तयारी गरेको थियो। ‘आज हामीले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट्ने कार्यक्रम थियो। बालुवाटार गयौं भने म तिमीहरूलाई बालुवाटार बाहिरै पिट्छु भनेर उहाँले भनेपछि हामीले विरोध गरेका थियौं,’ उनले भने। साथै २५ हजार रुपैयाँ लिएर केन्द्रीय सदस्यहरू बनाइए पनि निर्वाचन आयोगमा पार्टी अद्यावधिक नभएको जिम्मेवारी कसले लिन्छ भनेर प्रश्न उठेको थियो। ‘मलाई पार्टी कार्यालयभित्रै केही केटाहरूले आक्रमण गरे। उनीहरू पार्टीकै कार्यकर्ता पनि होलान्,’ उनले भने, ‘मलाई साथीहरूले जोगाउनु भयो।

बाहिर जान खोज्दा ढोकामा चुकुल लगाएका रहेछन्।’ आइतबार रेशम चौधरीले पार्टी कार्यालयमै विश्वकर्मासहित चार जनालाई भेटेका थिए। उक्त भेटमा रेशमले आफूहरूलाई हत्या गर्नेसम्मको धम्की दिएको पनि विश्वकर्मा बताउँछन्। ‘हिजो रेशम दाइलाई भेट्न कार्यालय गएका थियौं।

हामी चार जना थियौं, उहाँले सिधै भनिदिनुभयो– यदि सुदूरपश्चिममा कमल शाहको सरकार ढल्यो भने तिमीहरू चारै जनाको हत्या हुन सक्छ। हिजो यस्तो भन्नु भएको थियो आज ममाथि आक्रमण भयो। असुरक्षित ठानेर मैले पत्रकार सम्मेलन गरेको हुँ,’ उनले भने। विश्कर्माका अनुसार पार्टी बैठकमा रेशमले यस्तो अभिव्यक्ति दिएकोमा माफीसमेत मागेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन
मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

साउन २८, २०८२

रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै
रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

साउन २६, २०८२

समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव
समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

साउन १९, २०८२

रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै
रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

साउन १६, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा