अन्तर्राष्ट्रिय

नेपाल भ्रष्टाचार र सम्पति शुद्धिकरणका कारणले रेमिटेन्स पठाउन समस्या हुन सक्ने


erastriya बुधबार, चैत २१, २०८०

नेपाल सम्पत्ति शुद्धीकरण निवारणका सर्तहरू पालना आधारमा 'ग्रे' सूचीमा पर्ने खतरा कायमै रहेको जानकारहरूले बताएका छन्।

यसो भएमा वैदेशिक रोजगारीमा रहेकाहरूले रकम पठाउन समस्या हुन सक्ने आकलन छ।

'नेपालले यसअघि ग्रे सूचीमा परेर बाहिरिन चार वर्ष लागेको थियो। त्यो समय आवश्यक नीति नियम ल्याएकै कारण नेपाल बाहिरिन सकेको थियो,' राष्ट्र बैंक स्रोतले भन्यो, 'पहिले जस्तो नीति नियम ल्याएर मात्रै अहिले यस्तो सूचीबाट बाहिरिन सक्ने सम्भावना छैन।'

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा हाल नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को एसिया प्रशान्त समूह (एपिजी) ले अवलोकन (अब्जरभेसन) मा राखेको छ। नेपाल एफएटिएफको सदस्य राष्ट्र नभए पनि एपिजीको सदस्य राष्ट्र हो।

असार २४ देखि २९ गतेसम्म क्यानडाको भ्यानकुभरमा आयोजित एसिया प्रशान्त समूह (एपिजी) को वार्षिक बैठकले नेपाललाई 'अब्जरभेसन पिरियड' मा राखेको थियो। यस्तो अवलोकनको अवधि आगामी कात्तिक १५ गते सकिँदैछ।

सम्पत्ति शुद्धीकरण निरूत्साहनका लागि गर्नुपर्ने भनेर एफएटिएफ तोकेको ४० वटा सुझावमध्ये नेपालले २१ वटा पूरा गरेको थियो। एफएटिएफको ४० सुझावमध्ये बीस वा सोभन्दा सुझावको अनुपालना नभएको वा आंशिक मात्र भए पनि अन्तर्राष्ट्रिय साझेदार पुनर्मूल्यांकन समूहको निगरानी दायरामा परिन्छ। 

यही समूहले उच्च जोखिमका वा निगरानीमा रहने मुलुकहरूमा भइरहेको सुधार प्रक्रिया हेर्छ।

तर पछिल्लो समय एफटिएफको सुझावले सबै राष्ट्रलाई प्रभावकारिता मूल्यांकनका ११ वटा सर्त पनि तोकेको छ। नेपालले यी ११ मध्ये सात वटामा न्यून र बाँकी तीनमा मध्यम स्तर प्राप्त गरेको छ।

अहिले सम्पत्ति शुद्धीकरण निवारण प्रभावकारिता देखाउन सक्यौं भने मात्रै हामी ग्रे सूचीबाट बाहिरिन सक्ने अवस्था बन्छ,' स्रोतले भन्यो, 'यसैका लागि भनेर पूर्वअर्थमन्त्रीको संयोजकत्वमा समिति समेत बनेको थियो। त्यसको पनि एउटा मात्रै बैठक बसेको थियो। अहिले फेरि मन्त्री फेरिएका छन्।'

पछिल्लो समय सरकारले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धमा विभिन्न १९ वटा ऐन संशोधन गरेको छ। यसमध्ये १० वटा ऐन सम्पत्ति शुद्धीकरण निवारणमै केन्द्रित छ। यसले पहिलो प्राथमिकतामा नेपालले काम गरेको देखिएको छ। तर प्रभावकारितामा काम नहुँदासम्म नेपाललाई ग्रे सूचीबाट बाहिरिन समस्या हुने स्रोत बताउँछ।

गत साउनमा राष्ट्र बैंकको सुपरिवेक्षण विभाग अन्तर्गत रहने गरेर विशिष्टिकृत समिति पनि बनेको छ। यसले केही काम अघि बढाइरहेको स्रोतको दाबी छ। 

तर अझै पनि सहकारी, क्यासिनोको माध्यमबाट हुन सक्ने सम्पत्ति शुद्धीकरणमा सरकारले काम गर्न सकेको छैन। यसैमा एपिजीले धेरै चासो देखाएको छ। हुन्डीबाट हुने कारोबारलाई अपराध नमानिएकाले पनि यसले समस्या हुने स्रोत बताउँछ। सम्पत्ति शुद्धीकरण निवारणमा कारबाहीको दर समेत बढाउनुपर्ने अवस्था छ।

नेपाल यसअघि सन् २०११ देखि २०१४ सम्म यो सूचीमा परेको थियो। सो समय पनि सपुर्दगी ऐन, संगठित अपराध निवारण ऐन लगायत विभिन्न ऐनमा संशोधन गरेसँगै यो सूचीबाट नेपाल हटेको थियो। अहिले २१ मुलुक ग्रे सूचीमा छन् भने म्यानमार, इरान र उत्तर कोरिया लगायत मुलुक कालो सूचीमा छन्। अहिले पनि ग्रे सूचीमा परेका मुलुकहरूले थप सुधार गर्न नसकेको अवस्थामा कालो सूचीमै पर्ने अवस्था रहन्छ। कालो सूचीमा परेमा अन्तर्देशीय बैंकिङ कारोबार ठप्प नै हुने अवस्था आउँछ।

'ग्रे सूचीको सम्भावना देखिएसँगै अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), विश्व बैंकले ऋण तथा अनुदानका लागि नेपालले पूरा गर्नुपर्ने सर्त थपिसकेको छ,' स्रोतले भन्यो, 'युरोपियन कमिसनले ग्रे सूचीमा परेका मुलुकसँग कारोबार नै नगर्न भन्ने गरेको छ।'

यस्तो सूचीमा परेको मुलुक आपराधिक मुलुकका रूपमा लिइनेछ। यसले बैंकहरूलाई आयातका लागि आवश्यक एलसी (प्रतीतपत्र) खोल्न समेत गाह्रो हुन्छ।

'यसअघि नेपाल ग्रे सूचीमा पर्दा यहाँका बैंकहरूको अमेरिका न्यूयोर्कमा रहेका खाता बन्द भएका थिए। त्यति खेर पाकिस्तानको हबिब बैंकलाई यहाँका बैंकले मध्यस्थकर्ता बनाएर कारोबार गरेका थिए,' स्रोतले प्रस्ट्यायो।

त्यस्तै यस्ता मुलुकका नागरिक विदेशमा रहँदा कडा नियमन गरिन्छ। यसले गर्दा अन्य मुलुकमा नागरिक नै भइसकेका नेपाली बाहेकले रेमिटेन्स पठाउन पनि असहज हुन्छ। 

'ग्रे सूचीमा पर्दाको सबभन्दा ठूलो प्रभाव नै रेमिटेन्समा पर्न सक्छ,' स्रोतले भन्यो, '६० लाखभन्दा धेरै वैदेशिक रोजगारीमा छन्। यस्ता मानिसहरू रहेको मुलुकमा उनीहरूलाई खाता खोल्न समेत झन्झट आउन सक्छ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

साउन १५, २०८२

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने
नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

साउन १३, २०८२

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै
भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

साउन ०८, २०८२

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर
मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

साउन ०८, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा