खेलकुद

नेपालसँग क्रिकेट खेल्न वेस्ट इन्डिजको टिम काठमाडौँ आउने


erastriya सोमबार, चैत २६, २०८०

वेस्ट इन्डिजको ए टिम र नेपालको राष्ट्रिय क्रिकेट टिमबीच टि २० क्रिकेट शृंखला हुने भएको छ। वेस्ट इन्डिजको ए टिम नेपालसँग क्रिकेट खेल्नको लागि नेपाल आउने भएको हो ।

नेपाल र वेस्ट इन्डिजको ए टिमबीच काठमाडौँको किर्तिपुर क्रिकेट मैदानमा ५ वटा टि २० खेल हुने भएको हो । खेल तालिका अनुसार सबै खेल दिउँसो १ बजेबाट सुरु हुने छ।

पहिलो खेल वैशाख १५ गते, दोसो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाचौ तथा अन्तिम खेल वैशाख २२ गते हुने छ । नेपालले टि २० विश्वकपको तयारी स्वरुपमा यो प्रतियोगिता खेल्ने भएको हो । 

विश्वकपमा नेपाल समुह डि मा परेको छ । समुह डिमा नेपाल संगै बंगलादेश, साउथ अफ्रीका,श्रीलंका र नेदरल्याण्ड रहेका छन् । यस संगै टि २० विश्वकपमा नेपालले कम्तिमा ३ वटा टेस्ट राष्ट्र सँग खेल्न पाउने छ। नेपालको पहिलो खेल जुन ५ तारिखमा नेदरल्याण्डसँग हुने छ । त्यस्तै दोस्रो खेलमा नेपालले जुन ११ तारिखमा श्रीलंकासँग खेल्नेछ। तेस्रो खेलमा नेपालले जुन १४ तारिखमा साउथ अफ्रीकासँग खेल्नेछ। चौथो खेलमा नेपालले जुन १६ तारिखमा बंगलादेशसँग खेल्नेछ। 

प्रतियोगितामा कुल २० देश सहभागी छन् । २० देशलाई हरेक समुहमा ५ देश रहने गरि ४ समुहमा विभाजन गरिएको छ । राउण्ड रोबिनमा आधारित समुह चरणको खेलपछि हरेक समुहको शिर्ष २ पर्ने टिम सुपर ८ अर्थात् दोस्रो चरणमा प्रवेश गर्ने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने
टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

साउन १६, २०८२

पोर्चुगलका २५ बर्षिय अट्याकिङ मिडफिल्डर जोआओं फेलिक्स अल नासर जाने निश्चित
पोर्चुगलका २५ बर्षिय अट्याकिङ मिडफिल्डर जोआओं फेलिक्स अल नासर जाने निश्चित

साउन १२, २०८२

एएफसी यू-२० महिला एसियान कप छनोट खेल्ने नेपाली टिमको घोषणा
एएफसी यू-२० महिला एसियान कप छनोट खेल्ने नेपाली टिमको घोषणा

साउन १२, २०८२

त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको काम द्रुत गतिमा (फोटो फिचर)
त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको काम द्रुत गतिमा (फोटो फिचर)

साउन १२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा