खेलकुद

कीर्तिपुरमा फलर्ड लाइट जडानका लागि २० करोड विनियोजन


erastriya सोमबार, जेठ २९, २०८०

आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले खेल पूर्वाधार निर्माणका क्रममा क्रिकेटलाई विशेष महत्व दिएको छ । क्रिकेट पूर्वाधारका लागि ४४ करोड ११ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सबैभन्दा धेरै कीर्तिपूर मैदानलाई स्तरोन्नती गरेर फ्लर्ड लाइट जडानका लागि २० करोड विनियोजन गरेको छ । नेपालमा २ वटा अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्रिकेट मैदान भए पनि पूर्वाधार अभावका कारण डे नाइट गेम हुन सकिरहेको छैन ।

नेपाल अहिले एक दिवसीय मान्यता जोगाउँदै विश्वकप ग्लोबल क्वालीफायर खेल्दै छ भने एसियाकपमा समेत स्थान बनाएकाले सरकारले पनि क्रिकेटमा विशेष ध्यान दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुर मैदानमा फलर्ड लाइट जडानका लागि आफ्नो पूरा सहयोग हुने बताएका थिए । अहिलेको बजेटमा पनि उक्त कार्यका लागि २० करोड बजेट विनियोजन गरिएको छ ।

आर्थिक वर्ष भित्र प्रक्रिया अघि बढाएर फलर्ड लाइट जडान गर्ने लक्ष्य लिइएको छ । यसैगरी कीर्तिपुरमा फलर्ड लाइट र स्कोरबोर्डका जडानका लागि यो रकम खर्च गरिने छ । यसैगरी कीर्तिपुर क्रिकेट मैदान प्राटिक्स नेट मर्मत सम्भारका लागि थप २० लाख रुपैयाँ विनियोजन गरेको छ । 

यसैगरी क्रिकेट पूर्वाधारमा मूलपानीका लागि १५ करोड विनियोजन हुँदा पोखरा क्रिकेट स्टेडियमका लागि १ करोड ५० लाख विनियोजन भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १ लाख विनियोजन हुँदा भैरहवा क्रिकेट रंगशाला निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन भएको छ । कोहलपुर क्रिकेट रंगशाला तथा महिला क्रिकेट एकेडेमी निर्माण कोहलपुरलाई २ करोड विनियोजन हुँदा गिरिजाबाबु क्रिकेट रंगशाला विराटनगरलाई सरकारले ३ करोड बजेट छुट्याएको छ ।

यस्तै धनगढी फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्रामको डीपीआर बनाउनका लागि १ करोड विनियोजन गरिएको छ । त्यसैगरी सुवर्ण शमसेर क्रिकेट रंगशाला पूर्वाधार निर्माण बुढानिलकण्ठका लागि सरकारले ५० लाख विनियोजन गर्दा क्रिकेट रंगशाला पूर्वधार निर्माण वैतडीका लागि ५० लाख विनियोजन गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित
एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

चैत २३, २०८१

त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

चैत ०६, २०८१

साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक
साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

चैत ०४, २०८१

प्रथम आइजिपी कप पुरूष क्रिकेट प्रतियोगिता सुरू
प्रथम आइजिपी कप पुरूष क्रिकेट प्रतियोगिता सुरू

फागुन २७, २०८१

ताजा अपडेट

  • विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

    विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

  • रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधिकांश भू–भाग कब्जा गरेको दाबी

    रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधि…

  • प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

    प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेट…

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस