अन्तर्राष्ट्रिय

टर्कीका ड्रोनले इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटना गराएको पुष्टि


erastriya सोमबार, जेठ ०७, २०८१

काठमाडौँ । इरानी राष्ट्रपति इब्राहिम रायसीको खोजीमा टर्कीको ड्रोनले हेलिकप्टर दुर्घटना भएको स्थान पत्ता लगाएको छ । समाचार एजेन्सी अनाडोलुका अनुसार टर्कीले राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनाको खोजी कार्यमा मद्दत गर्न ड्रोन पठाएको थियो ।एजेन्सीले जारी गरेको ड्रोन फुटेजमा राति पहाडमा कालो दाग देखिएको छ । एजेन्सीका अनुसार फुटेजबाट प्राप्त जानकारी इरानी अधिकारीहरूसँग साझा गरिएको छ ।

आइतबार इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लायान चढेको हेलिकप्टर दुर्घटनामा परेको थियो । इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति रायसी र विदेशमन्त्री हेलिकप्टरमा सवार भएको पुष्टि गरेका छन् । यो हेलिकप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अन्य धेरै व्यक्ति पनि सवार थिए । राष्ट्रपति राईसीको खोजीमा आइतबारदेखि व्यापक अपरेशन चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

साउन १५, २०८२

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने
नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

साउन १३, २०८२

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै
भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

साउन ०८, २०८२

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर
मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

साउन ०८, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा