राजनीति

नेबि संघले ११ बुदे माग सहित पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति लाई बुझाए ज्ञापनपत्र


erastriya शुक्रबार, असार ०८, २०८१

नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य अभिनव सिंह राठौरको नेतृत्वमा पूर्वाञ्चल विश्वविद्यालयका विभिन्न कलेजहरुमा पूर्वाञ्चल विश्वविद्यालय सुधारका लागी गरिएको हस्ताक्षर संकलन पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति लाई बुझाएको छन् । उहाँले नवनियुक्त उपकुलपति लाई बधाई सहित सफल कार्यकाल शुभकामना दिदै नेपाल विद्यार्थी संघको तर्फबाट पूर्वाञ्चल विश्वविद्यालय सुधारका लागी ११ बुदे मागसहितको ज्ञापनपत्र समेत बुझाएको छन्। नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य अभिनव सिंह राठौरले बिशेश गरि मौका परिक्षा र इन्जिनियरिङ संकायको पाठ्यक्रम नसकिँदै तथा केही समय अगाडि प्रकाशित गरेको परीक्षातालिकामा पनि सेमेस्टर विषयमा पुग्दो ग्याप नभएको हुनाले अधिकांस विद्यार्थीहरुलाई मानसिक बोझ पुग्न गएकोले उक्त समस्यालाई मध्यनजर गर्दै यही मिति २०८१/०३/२६ गतेबाट सुरु हुन गइरहेको ईन्जिनियरिङ् संकायको परीक्षा तालिकामा विद्यार्थी लाई मर्का नपर्ने गरी उपयुक्त ग्याप राखी पुन परीक्षा तालिका सार्वजनिक गर्न समेत माग गरेका छन्। उक्त भेटमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिले नेपाल विद्यार्थी संघले उठाएका जायज माग प्रति आफू सकारात्मक रहेको र तत्काल उक्त मागहरू लाई सम्बोधन गर्ने समेत प्रतिबद्धता जनाएका छन्। नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष दुजाङ्ग शेर्पा मनोनीत भैसके पश्चात् विभिन्न रचनात्मक काम गर्दै विद्यार्थी आन्दोलन लाई Re Branding गर्दैछन्। यो आन्दोलनको नेतृत्व लिएका नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य अभिनव सिंह राठौर पनि केन्द्रिय अध्यक्ष दुजाङ शेर्पा निकट विद्यार्थी नेता मानिन्छन् र उनी स्वयं राजनीतिक पृष्ठभुमिका मान्छे हुन्। यो संगै यस अघि पनि नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य अभिनव सिंह राठौरले पूर्वाञ्चल विश्वविद्यालयमा कोडिङ डिकोडिङ लागू गर्ने र कोभिडको बेला रोकिएको परिक्षा संचालन गर्ने जस्ता विभिन्न आन्दोलनको नेतृत्व गरिसकेका छन्।


नेबि संघले पूर्वाञ्चल विश्वविद्यालयलका उपकुलपति लाई बुझाएको ११ बुदे मागहरू 

१) पूर्वाञ्चल विश्वविद्यालयले आफ्नो बार्षिक शैक्षिक क्यालेन्डर बनाइ त्यस अनुसार सम्पुर्ण कामहरु गर्नुपर्ने।

२) परिक्षा सकिएको तीन महिना भित्रमा नै परिक्षा नतिजा प्रकाशन गरिसक्नुपर्ने। 

३) विश्वविद्यालय बाट प्रदान गरिने छात्रवृत्ति लाई पारदर्शी र व्यवस्थित बनाइ Central scholarship portal अनुसार छात्रवृत्तिको प्रदान गरिनुपर्ने। 

४) नयाँ शैक्षिक संस्था लाई सम्बन्धन दिदा स्रोत र साधनको उपलब्धताका आधारमा उचित पुर्वधार पुगेपछि मात्र सम्बन्धन दिने तथा सम्बन्धन प्राप्त संस्थाको पुर्वधारका बिषयमा आवधिक अनुसन्धान गरि दोषी उपर उचित कार्वाही गर्नुपर्ने।

५) परिक्षा फारम र शैक्षिक प्रमाणपत्र प्राप्तिका लागी अनलाइन मार्फत आवेदन दिन पाउने प्रविधिको व्यवस्था गर्नुपर्ने। 

६) सेवामुखी तथा आवस्यक दक्ष जनशक्तिको व्यवस्था गर्दै भैरहेको सम्पुर्ण ढिलासुस्ती हटाउनुपर्ने। 

७) सम्पुर्ण संकायका वार्षिक तथा सेमेष्टर परिक्षाहरु समयमै हुनुपर्ने।

८) रिक्त रहेका संकायका डिनहरु तत्काल नियुक्त गर्नुपर्ने।

९) पढ्दै सिक्दै कार्यक्रम अन्तर्गत सम्पुर्ण संकायका विद्यार्थीहरुका लागी इन्टसिपको व्यवस्था गर्नुपर्ने। 

१०) विश्वविद्यालयद्रारा विभिन्न संकाय अन्तर्गत संचालित शैक्षिक कार्यक्रमहरु अध्ययन गरि निर्थारित समयमा शैक्षिक कार्यक्रममा अनुत्तीर्ण भएका विद्यार्थीहरु लाई एकपटकका लागी विशेष मौका परिक्षा र समानताको सिद्धान्त अनुरुप विश्वविद्यालयका सबै संकाय अन्तर्गत सेमेष्टर प्रणालीमा संचालित स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा नियमित परिक्षामा अनुत्तीर्ण हुने परिक्षार्थीहरुका लागी समेत मौका परिक्षामा को सुबिधा उपलब्ध गराउने भनी विश्वविद्यालयको ३५ औं सभा बैठक बाट पारित भैसकेकाले तत्काल यसलाई कार्यान्वयन गर्नुपर्ने।

११) काठमाडौ सिनामंगलस्थित विश्वविद्यालयको सम्पर्क कार्यलयमा बिगत लामो समयदेखि तालाबन्दी रहेको हुँदा तत्काल तालाबन्दी खोली उक्त कार्यालय लाई विश्वविद्यालयको नियमित कामको लागी प्रयोग गर्नुपर्ने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन
मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

साउन २८, २०८२

रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै
रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

साउन २६, २०८२

समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव
समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

साउन १९, २०८२

रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै
रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

साउन १६, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा