राजनीति

नगरसभामा एक्ला बालेन विरुद्ध सबै राजनितिक दल उभिए एक ठाँउमा


erastriya सोमबार, असार ११, २०८१

काठमाडौं । स्वतन्त्र उम्मेदवारी दिएर ठूलो मतान्तरमा कांग्रेस, एमालेका उम्मेदवारलाई हराउँदै मेयर जितेका बालेनले सम्भवतः पहिलोपल्ट शक्तिशाली प्रतिपक्षको सामना गर्नुपर्‍यो । नगरको नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाएको बैठकमा तीन दलका नेताहरुले संयुक्त रुपमा संशोधन प्रस्ताव पेश गर्न खोजेका थिए । यसका लागि एक घण्टा समय माग्दा अस्वीकार गरेका मेयर बालेनले बैठक स्थगित गरे ।

राष्ट्रिय सभागृहमा भएको नगर सभामा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादीका जनप्रतिनिधिले मेयर बालेनको फेसबुक स्टाटसप्रति असन्तुष्टि जनाएका हुन् । बालेनले दुई साताअघि फेसबुकमा वडाध्यक्षहरुलाई कांग्रेस र एमालेको धङधङी बोकेर नआउन चेतावनी दिएका थिए ।

लगत्तै उनले ती नेताले १६० जनप्रतिनिधिको बोल्ने अधिकार हनन् भएको भन्दै फेसबुकमा लेखेका थिए, ‘काठमाडौं महानगरको कुनै पनि नीति योजनाबारे छलफल बन्द कोठामा हुँदैन, जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ ।’

नीति तथा कार्यक्रममा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नवीन मानन्धर, एमालेबाट निर्वाचित वडाध्यक्ष नवराज पराजुली र एकीकृत समाजवादीबाट निर्वाचित वडाध्यक्ष ईश्वरमान डंगोलले साझा संशोधन प्रस्ताव राखे जसमा अधिकांश नगरसभा सदस्यहरुले सहमति जनाए ।

काठमाडौं महानगरमा नेकपा माओवादी केन्द्रकी एकमात्र प्रतिनिधि कार्यपालिका सदस्य अनिता कार्की ढोलीले मेयर बालेन शाहलाई प्रश्न गरिन्, ‘तपाईंले सिंहदरबार जलाउँछु भन्दै गर्दा महानगरपालिकाले दिएको जुन दरबार छ, त्यो दरबार जलाए भने त्यसको अवस्था के हुन सक्छ ?’

कार्यपालिकामा पर्याप्त छलफल नगरी बलजफ्ती नगरसभामा नीति तथा कार्यक्रम ल्याएको भन्दै तीन जना वडाध्यक्षले ल्याएको साझा संशोधन प्रस्तावमा उनले सहमति जनाइन् ।

त्यस्तै न्यूरोडलाई ‘नो भेइकल जोन’ बनाउने काठमाडौं महानगरपालिकाको प्रस्तावको विरोधमा पनि मेयर बालेन साहविरुद्ध बहुमत देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन
मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

साउन २८, २०८२

रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै
रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

साउन २६, २०८२

समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव
समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

साउन १९, २०८२

रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै
रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

साउन १६, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा