राजनीति

गृहमन्त्री रवि लामिछानेले आरजु देउवा लाई पक्राउ गर्ने सुईकाे पाएपछि रातारात समीकरणम फेरबदल भयो


erastriya मंगलबार, असार १९, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरुले फाइल खोल्न सुरु गरेपछि सरकार ढलेको बताएका छन् । गृहमन्त्री रवि लामिछानेले प्रहरी परिचालन गरेर आरजुलाई देउवा निवासबाटै पक्राउ गर्न तयारी गरेका थिए तर त्यो योजना असफल भएको छ। उनलाई पक्राउ गर्न बुढानीलकण्ठको देउवाचोकदेखि देउवा निवाससम्मको सडक सिल गरिसकेको थियो तर त्यतिबेला आरजु भने घरमा थिइनन्। त्यसपछि पक्राउ पर्ने डरले आरजुले देउवालाई लिएर बालकोट पुगेकी थिईन् । टीकापुर जग्गा घोटालामा जोडेर गृहमन्त्री लामिछानेले केहि दिनकालागि भएपनि पक्राउ गरेर थुन्ने योजनामा थिए तर त्यो योजना असफल भएको थियो। त्यसैको प्रयासले नै कांग्रेस र एमाले नेतृत्वलाई सत्ता सहकार्यको सहमतिमा पुर्याएको छ।

मंगलबार पार्टीको सचिवालय बैठक सकेर निस्किने क्रममा उनले दुई ठूला राजनीतिक दलहरुआफूहरुले भ्रष्टाचारका फाइल खोल्न सुरु गरेपछि सत्ता समिकरण फेरबदलमा लागेको बताएका हुन् ।


सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले आफूहरुले भ्रष्टाचारका फाइल खोल्न सुरु गर्नासाथ सत्ता समिकरण परिवर्तन र संविधान संसाेधनकाे प्रपञ्च गरिएकाे बताए । ‘जुन ढंगले सरकार अघि बढेको थियो । तपाईँहरु नै भन्नुहुन्थ्यो, फाइल खोल्नुपर्यो । फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो । यसलाई के भन्नु र मैले । ’, उनले थपे, 'त्यो बेचैनीको अर्थ के होला ? एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो । यो संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको ? यो त सबैले बुझेकै कुरा हो । यसको संवैधानिक प्रक्रिया सुरु होला । त्यसपछि अरु गर्नुपर्ने कुराहरु छँदै छन् ।’

#ईराष्ट्रीय #erastriya

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन
मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

साउन २८, २०८२

रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै
रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

साउन २६, २०८२

समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव
समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

साउन १९, २०८२

रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै
रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

साउन १६, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा