शिक्षा

परीक्षाकाे उत्तरपुस्तिका परीक्षणमा लापरबाही भयको भन्दै बोर्डलाई अनेरास्ववियुको ध्यानाकर्षण पत्र


erastriya सोमबार, कात्तिक २६, २०८१

काठमाडौँ, २६ कात्तिकः राष्ट्रिय परीक्षा उत्तरपुस्तिका परीक्षणमा लापरबाही हुन नदिन आग्रह गर्दै अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बोर्डका उत्तरपुस्तिका निरीक्षकले जाँच गर्दा लापरबाही गर्ने गरेको भन्दै अध्यक्ष शर्माको ध्यानाकर्षण गराइएको अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज धर्मराज तिमिल्सिनाले जानकारी दिनुभयो । खोटाङ केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका नियतवश केरमेट गरेर परीक्षकले अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएको र उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक भएपछि अनेरास्ववियुले घटनामा सङ्लग्न दोषीलाई कारबाही गर्न पनि माग गरेको छ । तिमिल्सिना नेतृत्वको टोलीले परीक्षा नियन्त्रक नन्दलाल पौडेलसँग यस विषयमा छलफल गरेको थियो । परीक्षा नियन्त्रकका अनुसार २०८० को एसइई नतिजा हेर्दा पुनर्योगको लागि निवेदन दिने १८ हजार ६ सय १२ जना विद्यार्थीमध्ये आठ सय ४८ जना विद्यार्थीको नतिजा परिवर्तन भएको पाइएको अनेरास्ववियुले जनाएको छ । तीमध्ये दुई सय विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउँ भनेर निवेदन दिएकामा ३६ जनाले विज्ञसँग बसेर उत्तरपुस्तिका हेरेका सङ्गठनले जनाएको छ । विज्ञले पुनःपरीक्षण नगर्न दबाब दिँदादिँदै १६ जना विद्यार्थीले पुनःपरीक्षणका लागि निवेदन दिएकामा १० जनाको नतिजा परिवर्तन भएर आएको तथ्याङ्कलाई हेर्दा उत्तरपुस्तिका पुनःपरीक्षण गर्दा ६२ दशमलव ५५ प्रतिशत विद्यार्थीको नतिजामा परिवर्तन आउने देखिएको अनेरास्ववियुले जनाएको छ । यसले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, मातहतका संयन्त्रहरू तथा सम्बन्धित सरोकारवालाले लापरबाही गरेको देखिएको भन्दै ध्यानाकर्षण पत्र बुझाइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

संस्कृति र सम्पदाका विषयवस्तुलाई पाठ्यक्रममा समावेश गर्न माग
संस्कृति र सम्पदाका विषयवस्तुलाई पाठ्यक्रममा समावेश गर्न माग

पुस २९, २०८१

पाठ्यक्रम निर्माणमा सुरक्षा निकायको सुझाव
पाठ्यक्रम निर्माणमा सुरक्षा निकायको सुझाव

पुस २९, २०८१

काभ्रेको संसारीदेवी आधारभूत विद्यालयमा कम्युटर प्रयोगशाला
काभ्रेको संसारीदेवी आधारभूत विद्यालयमा कम्युटर प्रयोगशाला

पुस २८, २०८१

चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे
चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे

पुस २६, २०८१

ताजा अपडेट

  • ‘आदिवासीको पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्छ’

    ‘आदिवासीको पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्छ’

  • गाजा युद्धविराम सम्झौताको ‘अन्तिम चरणको तयारी’ जारी

    गाजा युद्धविराम सम्झौताको ‘अन्तिम चरणको तयारी’ जारी

  • पक्राउ परेपनि युनद्वारा बयान दिन इन्कार

    पक्राउ परेपनि युनद्वारा बयान दिन इन्कार

  • पोखरा स्वास्थ्य विज्ञानकोे पहिलो दीक्षान्त बिहीबार हुँदै

    पोखरा स्वास्थ्य विज्ञानकोे पहिलो दीक्षान्त बिहीबार हुँदै

  • भूकम्प सुरक्षा दिवसः पूर्वतयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री

    भूकम्प सुरक्षा दिवसः पूर्वतयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री

  • भूकम्पपीडितका घर निर्माणको प्रक्रियागत काम सुरु

    भूकम्पपीडितका घर निर्माणको प्रक्रियागत काम सुरु

  • नेपालगञ्जमा डिजिटल प्रवर्द्धन गर्न ‘क्यान इन्फोटेक’

    नेपालगञ्जमा डिजिटल प्रवर्द्धन गर्न ‘क्यान इन्फोटेक’

  • पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता

    पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता