समाचार

नभएका विषयलाई अनावश्यक विवादको मुद्दा नबनाउन प्रधानमन्त्री ओलीको आग्रह


erastriya मंगलबार, कात्तिक २७, २०८१

 

विराटनगर, २७ कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताउनुभएको छ । विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासामा उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी हो भन्नुभयो । प्रधानन्त्री ओलीले अहिले अमेरिकी स्टेट पार्टनसिप प्रोग्राम (एसपिपी)को कुनै कुरा वा चर्चा नै नभएको बताउनुभयो ।

संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा उहाँले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने जनाउनुभयो । सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “नजोडिएको भए हेर्दै जाउँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ ।”

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औँ दीक्षान्त समारोहबाट प्रधानमन्त्री ओली विराटनगर हुँदै काठमाडौँँ फर्कनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

बुढानीलकण्ठको संकल्पः स्मार्ट सिटीको परिकल्पना देखी समावेशी सेवासम्म
बुढानीलकण्ठको संकल्पः स्मार्ट सिटीको परिकल्पना देखी समावेशी सेवासम्म

१६ घण्टा अघि

झोले बन्नु कुनै पनि जागरुक नागरिकको विकल्प हुन सक्दैन।
झोले बन्नु कुनै पनि जागरुक नागरिकको विकल्प हुन सक्दैन।

१ दिन अघि

गर्मीमा म्याङ्गो शेक पिउनुहोस, ३०० क्यालोरी पाउनुहोस्
गर्मीमा म्याङ्गो शेक पिउनुहोस, ३०० क्यालोरी पाउनुहोस्

१ दिन अघि

स्कटल्याण्डसँग २ रनले पराजित हुदाँ नेपाल स्तब्ध (फाेटाेफिचर)
स्कटल्याण्डसँग २ रनले पराजित हुदाँ नेपाल स्तब्ध (फाेटाेफिचर)

१ दिन अघि

ताजा अपडेट

  • इमरान खानकाे मुद्दामा आज सुनुवाई हुदैँ, आजै रिहा हुने समर्थककाे दावी

    इमरान खानकाे मुद्दामा आज सुनुवाई हुदैँ, आजै रिहा ह…

  • आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्डस माथि नेपालकाे सानदार विजयी

    आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्ड…

  • एमाले मधेश प्रदेशका उपनेता ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

    एमाले मधेश प्रदेशका उपनेता ठाकुरसहित १७ जनाविरुद्ध …

  • बुढानीलकण्ठको संकल्पः स्मार्ट सिटीको परिकल्पना देखी समावेशी सेवासम्म

    बुढानीलकण्ठको संकल्पः स्मार्ट सिटीको परिकल्पना देखी सम…

  • जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

    जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा…

  • नेदरल्याण्डबिरूद्द नेपाल ब्याटिङमा

    नेदरल्याण्डबिरूद्द नेपाल ब्याटिङमा

  • २०८२ जेष्ठ २७ गते मंगलवार: आजको राशिफल

    २०८२ जेष्ठ २७ गते मंगलवार: आजको राशिफल

  • भारतको छत्तीसगढमा माओवादीको विस्फोटमा परि प्रहरी एएसपीको मृत्यु

    भारतको छत्तीसगढमा माओवादीको विस्फोटमा परि प्रहरी एएस…