शिक्षा

कर्णाली स्वास्थ्य विज्ञानको प्रथम दीक्षान्त समारोहमा ५८ जना दीक्षित हुने


erastriya मंगलबार, कात्तिक २७, २०८१

म्ला, २७ कात्तिकः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने भएका छन् । दीक्षान्त कार्यक्रम यही कात्तिक २८ गते हुने भएको छ ।

यसअघि गत भदौ २३ गते तय गरिएको थियो । दीक्षान्त समारोह कार्यक्रम तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ । दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि समारोहमा सहभागी हुने प्रतिष्ठानका शिक्षाध्यक्ष डा डबलबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्नातकतर्फ बिपीएचमा ३८, एमबिबिएस १३ र स्नातकोत्तरतर्फ एमडिजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ विद्यार्थी दीक्षित हुन योग्य छन् ।”

प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहमा भाग लिएपछि प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटनसमेत गर्नुहुने कार्यक्रम रहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेको प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिनुभयो । दीक्षान्त समारोहपछिको सिनेट बैठकमा प्रतिष्ठानका भावी योजना र गतिविधिबारे थप छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर
सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

जेठ १७, २०८२

कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

माघ २२, २०८१

बाजुराका विद्यार्थीलाई  राडीपाखी बुनाइ तालिम
बाजुराका विद्यार्थीलाई राडीपाखी बुनाइ तालिम

माघ १७, २०८१

कृषि विश्वविद्यालयमा डीन नियुक्त
कृषि विश्वविद्यालयमा डीन नियुक्त

माघ १०, २०८१

ताजा अपडेट

  • त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा स्कटल्याण्ड र नेदरल्याण्डस भिड्दै

    त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा स्कटल्या…

  • इरानी रक्षा मन्त्रालयमा हमला, इजरायलको हाफिजा तेल प्रशोधन केन्द्र ध्वस्त

    इरानी रक्षा मन्त्रालयमा हमला, इजरायलको हाफिजा तेल प्र…

  • एक महिना भित्र भिजिट भिषामा छानबिन समिति बन्छ: प्रचण्ड

    एक महिना भित्र भिजिट भिषामा छानबिन समिति बन्छ: प्रचण्ड

  • फिफा क्लब विश्वकप भोलिदेखि, ३२ क्लब भिड्दै

    फिफा क्लब विश्वकप भोलिदेखि, ३२ क्लब भिड्दै

  • ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य सम्पन्न

    ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य सम्पन्न

  • दक्षिण अफ्रिकाले जित्यो २७ वर्ष पछि  आईसीसीको मुख्य प्रतियोगिता  टेस्ट च्याम्पियनसिपको उपाधि

    दक्षिण अफ्रिकाले जित्यो २७ वर्ष पछि आईसीसीको मुख्य प्र…

  • अस्पतालको होस्टेलको छतमा भेटियो दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स

    अस्पतालको होस्टेलको छतमा भेटियो दुर्घटनाग्रस्त विमानको…

  • इरानमाथि इजरायलको अर्को आक्रमण जारी

    इरानमाथि इजरायलको अर्को आक्रमण जारी