समाचार

जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी कदमले निरन्तरता पाउने


erastriya मंगलबार, कात्तिक २७, २०८१

पेरिस सम्झौताबाट बाहिरिने प्रतिबद्धता जनाएका डोनाल्ड ट्रम्प पुनः निर्वाचित भए पनि जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी कदमले निरन्तरता पाउने संयुक्त राष्ट्रसङ्घका अधिकारीले बताएका छन् ।

जलवायु परिवर्तनसम्बन्धी कदम ‘बलियो छ र रहिरहनेछ’,” संयुक्त राष्ट्रसङ्घका जलवायु प्रमुख सिमोन स्टिएलले मङ्गलबार बताउनुभयो । “तपाईंहरूमध्ये धेरैले विगत हप्ताहरूमा राजनीतिक घटनाहरूको जलवायु प्रभावहरूको बारेमा रिपोर्ट गर्दै हुनुहुन्छ। म यति मात्र भन्छुः हाम्रो अभियान सशक्त छ र रहिरहनेछ,” उहाँले भन्नुभयो । सन् २०१५ को ऐतिहासिक पेरिस सम्झौताबाट अमेरिका पछि हटेपछि वार्ताको टेबुलको महत्वाकाङ्क्षालाई कमजोर पार्न सक्ने चिन्ताका साथ ट्रम्पको चुनावी जितले अजरबैजानको कार्यसूचीमा व्यापक अन्योल छाएको विश्लेषकहरूले जनाएका छन् ।

स्टिएलले जलवायुमा विश्वव्यापी ऐक्यबद्धता देखाउन बैठकको आह्वान रहेको दोहो¥याउँदै भन्नुभयो, “विश्वव्यापी तापमान वृद्धिबाट बच्नका लागि विश्वव्यापी सहयोग नै एक मात्र उपाय हो ।” विकासशील देशहरूलाई जलवायु परिवर्तनसँग अनुकूलन गर्न र जीवाश्म ईन्धनबाट आफ्नो अर्थव्यवस्थालाई मुक्त गर्न मद्दत गर्न सहयोगको वृद्धिमा केन्द्रित रहेको छ । अहिले रकम तिरिरहेका धनी देशहरूको सानो समूहले दाताहरूको सङ्ख्या विस्तार भएको हेर्न चाहन्छन् र वार्षिक १०० अर्ब डलरको वर्तमान प्रतिज्ञालाई दस गुणा बढाउने आह्वानको विरोध गरिरहेका छन्।

धेरै मुलुकले घरेलु जनतालाई जलवायु नियन्त्रणभन्दा मुद्रास्फीति र सुस्त अर्थव्यवस्थाको बारेमा बढी चिन्तित भएको बताएका छन्। तर स्टिलले भने यी दुईको सम्बन्ध रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “जलवायु सङ्कट तीव्र गतिमा प्रमुख अर्थतन्त्रको तगारो बन्दै गइरहेको छ । समस्या नियन्त्रणका लागि कुनै कदम नचालेमा ‘हरेक देश र प्रत्येक घरपरिवार अहिलेको भन्दा पनि बढी प्रभावित बन्नेछन् ।” “जलवायु नियन्त्रण वैश्विक मुद्रास्फीति बीमा हो,”उहाँले भन्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

साउन १५, २०८२

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने
नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

साउन १३, २०८२

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै
भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

साउन ०८, २०८२

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर
मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

साउन ०८, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा