समाचार

किसानलाई अनुदानमा गहुँको बीउ


erastriya मंगलबार, कात्तिक २७, २०८१

 

सिरहा, २७ कात्तिक : लहान नगरपालिकाले यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गर्न थालेको छ ।

आर्थिक वर्ष २०८१/८२ को कृषि प्रसार कार्यक्रमअन्तर्गत अनुदानमा आजदेखि किसानलाई गहुँको बीउ वितरण सुरु गरिएको कृषि विकास अधिकृत प्रकाश साह हलुवाईले जानकारी दिनुभयो । उहाँले कृषकले गहुँको बीउ लिन सम्बन्धित वडा कार्यालयबाट निर्धारित परिमाणसहितको सिफारिस पत्र आवश्यक पर्ने र एक हप्तासम्म बीउ वितरण जारी रहने बताउनुभयो ।

प्रतिकिलोग्राम रु ८५ रहेको बीउको मूल्य ५० प्रतिशत अनुदानमा ४२ रुपैयाँ ५० पैसा तोकिएको छ । “यसमा गहुँको ढुवानी खर्च खर्च नगरपालिकाको रहनेछ । बीउको आधा मूल्य मात्र किसानले तिरे पुग्छ”, नगरपालिकाका कृषि विकास अधिकृत हलुवाईले भन्नुभयो । नगरपालिकाले कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानबाट कुल २१ मेट्रिक टन बीउ खरिद गरेर किसानलाई वितरण गर्न लागेको हो । गत आवमा पनि नगरले १० मेट्रिक टन बीउ खरिद गरी किसानलाई वितरण गरेको अधिकृत हलुवाईले जानकारी दिनुभयो ।

नरपालिकाभित्र अनुमानित एक हजार सात सय हेक्टर जग्गामा गहुँखेती गरिन्छ । उक्त जग्गामा लगाइने गहुँखेतीका लागि नगरपालिकाको २१ मेट्रिक टन बीउ पर्याप्त नभए पनि अघिल्लो वर्ष सोही गहुँको बीउ खेती गरेका किसानले आफैँ जगेर्ना गरेको बीउबाट पुर्ताल हुने जनाइएको छ । व्यावसायिक रूपमा कृषि गर्दै आएका किसानलाई अनुदानमा बीउ वितरण भएपछि यो वर्ष गहुँ उत्पादन बढ्ने आँकलन गरिएको वडा नं १२ का अध्यक्ष बद्रीनारायण चौधरीले बताउनुभयो । कृषिमा उत्पादन बढाउने हिसाबले नीति तथा कार्यक्रममा समावेश गरी योजना बनाइएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

२० घण्टा अघि

रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता
रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

असार २४, २०८२

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २३, २०८२

प्रधानमन्त्री ओलीले उद्घाटन गरे हुम्ला जोड्ने चुवाखोलाको बेलिब्रिज
प्रधानमन्त्री ओलीले उद्घाटन गरे हुम्ला जोड्ने चुवाखोलाको बेलिब्रिज

असार २२, २०८२

ताजा अपडेट

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई

    साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिद…

  • रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

    रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्…

  • भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

    भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र

    नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छै…

  • सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त

    सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त

  • जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

    जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री …