समाचार

आलेखः सामा चकेवा: दाजुभाइ सम्झदै मिथिलानी

erastriya बिहीबार, कात्तिक २९, २०८१

महोत्तरी, २९ कात्तिकः मधेशको प्राचीनकालदेखि सांस्कृतिक तथा लोकपरम्पराका चाडवाडको केन्द्र रहँदै आएको मिथिलाक्षेत्र अहिले सामाचकेवा पर्वको उत्कर्षमा छ । कात्तिक शुक्लपञ्चमी अर्थात् छठ पर्वको दोस्रो दिन शुरु भएर कात्तिक पूर्णिमाका दिन समापन गरिने यो पर्व अब समापनको सङ्घारमा छ । पर्व समापनको दिन नजिकिदै गर्दा मिथिलानी (मिथिलाका नारी) अहिले आफ्ना दाजुभाइ सम्झदैछन् । दाजुभाइ दिदीबहिनीबीच प्रेम र समर्पणको यो पर्व यसपालि आउने शुक्रबार पूर्णिमा तिथिका दिन समापन गरिने तयारी छ ।

मिथिलानीले दाजुभाइको सौर्य वृद्घिको कामनासहित यो पर्व मनाउने परम्परा छ । मैथिल जनजिब्रोले ‘सामा’ भनिने यो पर्व ११ दिनसम्म मनाइन्छ । अब समापनको दिन अर्थात कात्तिक पूर्णिमा नजिकिदै गर्दा मिथिलानी आफ्ना दाजुभाइलाई पर्वको निम्ता दिन व्यस्त छन् । पर्व शुरु गर्न दाजुभाइ नचाहिए पनि यसको समापनमा भने विधि पूरा गर्न दाजुभाइ चाहिने हुँदा मिथिलानीहरुमा दाजुभाइको खोजी र सोधपुछ सुरु भएको हो । पर्वको समापनमा दाजुभाइबाट सामाचकेवा खेलका माटाका आकृति घुँडामा राखेर फुटाउन लगाउने विधि र उनीहरुलाई मिष्टान्न परिकार ख्वाउने परम्पराले दिदीबहिनी आफ्ना दाजुभाइलाई डाक्न अहिले व्यस्त भएका हुन् । पूर्णिमा नजिकिँदै गर्दा दाजुभाइ को कहाँ छन् ? सबै दिदीबहिनीको चासो यसैमा केन्द्रित छ । रोजगारीका लागि घर छाडेर बाहिर गएका दाजुभाइलाई पूर्णिमा नजिकियो भन्दै दिदीबहिनी जनाउ दिन्छन् । कामका क्रममा भारतसम्म गएका त अनुकूल मिलाएर आउँछन् पनि । तर यसबाहेकका अन्य मुलुक गएका दाजुभाइसँग त फोनबाट पर्वको शुभकामना दिएर नै चित्त बुझाउनु पर्ने दिदीबहिनी बताउँछन् । “भाइ कतारमा छ, दुई÷तीन पटक फोन गरिसकेँ, उ यसपालि आउन पाउन्न रे” महोत्तरीको भङ्गाहा–३ की श्यामा चौधरी भन्नुहुन्छ, “उ आउँदा मलाई राम्रा लुगा कोसेली ल्याइदिन्छ रे ।” श्यामाजस्तै अन्य दिदीबहिनी पनि अहिले काममा बाहिर गएका दाजुभाइलाई फोन र अन्य माध्यमले सम्पर्क गरेर पर्वको शुभकामना दिदैछन् । यो पर्व विवाहित चेलीले दाजुभाइलाई आफ्नै घरमा बोलाएर सम्पन्न गर्छन् भने अविवाहित चेली र दाजुभाइको घर एकै हुँदा सँगसाथमै यो पर्व सम्पन्न हुन्छ । “मेरो भाइ त नजिकै भारतमै छ, फोन गर्दा आउँछु भनेको छ” श्यामाकै छिमेककी सविता मण्डल भन्नुहुन्छ, “म उसका लागि मीठामीठा परिकार तयार गरेर राख्नेछु ।” भाइ भारतको सुरत शहरमा काम गर्न गएको भए पनि डाकेपछि उसले आउँछु भनेपछि मण्डल अहिले फुरुङ्ग हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

१३ घण्टा अघि

रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

१ दिन अघि

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २३, २०८२

प्रधानमन्त्री ओलीले उद्घाटन गरे हुम्ला जोड्ने चुवाखोलाको बेलिब्रिज

असार २२, २०८२

ताजा अपडेट

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई

    साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिद…

  • रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

    रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्…

  • भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

    भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र

    नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छै…

  • सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त

    सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त

  • जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

    जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री …