राजनीति

राजनीति सेवा गर्ने स्थल हो : उपप्रधानमन्त्री सिंह


erastriya बिहीबार, कात्तिक २९, २०८१

पाटन (ललितपुर), २९ कात्तिकः उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीति भनेकै सेवा गर्ने उत्कृष्ट स्थल भएको बताउनुभएकोे छ । नेपाल प्रजातन्त्र सेनानी सङ्घ ललितपुरको तेस्रो जिल्ला सम्मेलन एवं सम्मान कार्यक्रममा उहाँले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था र संविधान जारी गर्न नेपाली कांग्रेसकोे योगदान अग्रस्थानमा रहेको छ भन्नुभयो ।

“आस्था र सिद्धान्तको राजनीति गर्नेले ज्यादै कठिन परिस्थितिको सामना गर्नुपर्ने रहेछ, राजनीतिक आस्थाले चाक्सीबरी छोडेर डेरामा बसेर गुजारा टार्नु पर्याे, गणेशमान र मङ्गलादेवीले त धेरै दुःख भोग्नु पर्याे भने दूरदराजका जनताले कति दुःख भोग्नु । परेको थियो होला ! यो हामीले बुझ्नुपर्छ, राजनीति सेवा गर्ने प्रभावकारी माध्यम हो, तर अहिले फाइदा लिने प्रबृत्ति बढेको छ, राजनीति भनेको त सिद्धान्त, आदर्श हो नि !” उहाँले भन्नुभयो ।

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ओमकारप्रसाद श्रेष्ठले पुराना र पाका राजनीतिक मानिसको योगदानले हामीले धेरै परिवर्तन पाएका छौँ भन्नुभयो । “लामो समयदेखि हामी राजनीतिमा छौँ, हामीले ६९ वर्ष राजनीतिमा भोगेको दुःख अहिलेको पुस्ताले बुझ्दैन, हामीले अतुलनीय कष्टकर दुःख भोग्नुपर्याे, २०२९ सालदेखि ललितपुरमा मैले सङ्गठन बनाउन लागेको हुँ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्य, राष्ट्रियसभा सदस्य जीतजङ्ग बस्नेत, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन
मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

साउन २८, २०८२

रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै
रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

साउन २६, २०८२

समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव
समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

साउन १९, २०८२

रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै
रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

साउन १६, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा