समाचार

दार्चुला जीप दुर्घटना अपडेट : घाइतेलाई सेनाको हेलिकप्टरमा धनगढी लगियो


erastriya शुक्रबार, कात्तिक ३०, २०८१

 

खलङ्गा (दार्चुला), ३० कात्तिक : दार्चुलामा जीप दुर्घटनामा घाइते भएका तीनजनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा कैलालीको धनगढी लगिएको छ ।

 

हेलिकप्टरमा उद्धार गरिएकामा जीप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का सुनिल जोशी, शैल्यशिखर–५ का सन्दीप रावल र बैतडीको डिलासैनी गाउँपालिका–५ का उत्तम रोकाया रहेका छन् । उनीहरुलाई सेती प्रादेशीक अस्पतालमा भर्ना गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

 

शैल्यशिखर नगरपालिका–६ को बगजेबलामा आज बिहान म१ज ३३८ नम्बरको जीप दुर्घटनामा परेको हो । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गइरहेको उक्त जीपमा सवार आठ जनाको मृत्यु भएको थियो । स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जीप दुर्घटनामा परेको हो ।

 

दुर्घटनामा परेर दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा तथा भारतको उत्तर प्रदेश बिजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही ठाउँका १८ वर्षीय मोहमद बसिम, शैल्यशिखर–९ गोकुलेका ३५ वर्षीया मीना लेखक र डिलासैनी गाउँपालिका–५ का वीरेन्द्रसिंह बोहराको मृत्यु भएको हो ।

 

मृतक विष्ट गोकुलेश्वर बहुमुखी क्याम्पसका शिक्षक तथा लेखक सोही क्याम्पसकी लेखापाल हुन् । यस्तै दुर्घटनामा मृत्यु भएका वीरेन्द्र र शान्ति श्रीमान श्रीमती हुन् । वीरेन्द्र शैल्यशिखर नगरपालिकामा अमिन पदमा कार्यरत थिए ।

 

दुर्घटनाका अन्य घाइतेको गोकुलेश्वरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

१३ घण्टा अघि

रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता
रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

१ दिन अघि

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २३, २०८२

प्रधानमन्त्री ओलीले उद्घाटन गरे हुम्ला जोड्ने चुवाखोलाको बेलिब्रिज
प्रधानमन्त्री ओलीले उद्घाटन गरे हुम्ला जोड्ने चुवाखोलाको बेलिब्रिज

असार २२, २०८२

ताजा अपडेट

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई

    साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिद…

  • रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

    रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्…

  • भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

    भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र

    नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छै…

  • सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त

    सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त

  • जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

    जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री …