समाचार

वादी समुदायका घरघरमा धारा


erastriya शुक्रबार, कात्तिक ३०, २०८१

नौमूले (दैलेख), ३० कात्तिकः घरघरमा खानेपानीका धारा निर्माणसँगै दुल्लु नगरपालिका–१ का वादी समुदाय र तल्लोडुगेश्वर बजारका स्थानीयवासीले शुद्ध पिउने पानी उपभोग गर्न पाउने भएका छन् । सधैँ कर्णाली नदी र लोहोरे खोलाको दूषित पानी पिउँदै आएका उनीहरुले शुद्ध पिउने पानी पाउँदा खुसी व्यक्त गरेका छन् ।

“अहिले घरघरमा पानी आयो, बल्ल सफा पानी पिउन पायौँ । नभए हाम्रो अवस्था फेद्उनो कर्णाली बग्दो रैगो पानी तिर्खा भन्ने देउडागीत जस्तै थियो”, दुल्लू नगरपालिका–१ की ९० वर्षीया इन्द्रसरा वादीले भन्नुभयो ।

धारा नहुँदा खोलाबाट पानी ल्याउन आधाघण्टा लाग्थ्यो । बर्सातमा झनै धमिलो पानी हुँदा गाउँले काकाकुल भएर बस्थे । “एक घण्टा धमिलो पानी बालुवा थिग्रिएपछि पिउँथ्यौँ । प्यास मेटाउन लागि पनि पर्खिनुपथ्यौँ,” उहाँले भन्नुभयो ।

घरमा शुद्ध पिउने पानी आएपछि समय बचत भएको देवीसरा वादीले जानकारी दिनुभयो । “बचत भएको समय हामीले सरसफाइ र तरकारीखेतीमा बिताउने गरेका छौँ”, उहाँले भन्नुभयो, “शौचालय नहुँदा झाडी, जङ्गलमा खुल्ला दिसापिसाब गर्नुपर्ने बाध्यता थियो । अब त पानी पनि पायौंँ । शौचालय पनि बने, चिन्ता केही छैन ।”

पाँच किलोमिटर टाढा भुवापानी मुहानबाट ल्याइएको खानेपानीबाट मन्दिर, बजार र नमूना बस्ती गरी एक सय १० वटा धारा निर्माण गरिएको प्राविधिक जयबहादुर विष्टले बताउनुभयो । दुल्लू नगरपालिका र गैरसरकारी संस्थाको साझेदारीमा रु ७० लाख लगानीमा धारा र शौचालय निर्माण गरिएको हो ।

शुद्ध पिउने पानी पाए पनि मजदुरी गरेर जहान परिवार पाल्दै आएका वादी समुदाय अधिकांश बेरोजगार छन् । बालुवा निकाल्ने खोलामा क्रसर उद्योग सञ्चालनपछि आफूहरुलाई बेरोजगारी भएको उहाँहरुको गुनासो छ । पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री स्वरोजगार सञ्चालन भए पनि जानकारी नपाउने गरेको वसन्ता वादीले दुखेसो पोख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

१० घण्टा अघि

रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता
रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

१ दिन अघि

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २३, २०८२

प्रधानमन्त्री ओलीले उद्घाटन गरे हुम्ला जोड्ने चुवाखोलाको बेलिब्रिज
प्रधानमन्त्री ओलीले उद्घाटन गरे हुम्ला जोड्ने चुवाखोलाको बेलिब्रिज

असार २२, २०८२

ताजा अपडेट

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई

    साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिद…

  • रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

    रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्…

  • भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

    भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र

    नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छै…

  • सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त

    सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त

  • जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

    जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री …