समाचार

‘कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार प्रतिबद्ध छ’


erastriya शनिबार, मंसिर ०१, २०८१

 

बाजुरा, १ मङ्सिरः सुदूरपश्चिम प्रदेशका भूमि, कृषि तथा सहकारी विकासमन्त्री वीरबहादुर थापाले प्रदेश सरकार कृषिमा आत्मनिर्भर हुने गरी काम गरिरहेको बताउनुभएको छ ।

 

आज कृषि विकास निर्देशनालय र बडीमालिका नगरपालिकाको संयुक्तरुपमा आयोजनमा कृषि बजार तथा कोल्ड च्याम्बर हस्तान्तरण कार्यक्रममा कृषि क्षेत्रको प्रवर्द्धन र आधुनिक कृषितर्फ लैजाने गरी सरकारले निती तथा कार्यक्रम नै ल्याएको बताउनुभयो ।

 

प्रदेशका पहाडी जिल्लामा कृषि क्षेत्रको सम्भावना रहेकाले सात जिल्लालाई पहिलो प्राथमिकतामा राखेको मन्त्री थापाले स्पष्ट पार्नुभयो । उहाँले कृषि क्षेत्रको लगानी बढाएर कृषकलाई स्थानीयस्तरमा उत्पादन हुने रैथाने बाली र आधुनिक कृषिमा प्रवर्द्धन गर्ने गरी सरकारले नीति लिएको धारणा व्यक्त गर्नुभयो ।

 

मन्त्री थापाले सुदूरपश्चिम प्रदेशमा ८४ प्रतिशत नागरिक कृषि पेसामा संलग्न रहेकाले कृषिमा आबद्ध रहेको दाबी गर्नुभयो । प्रदेश सरकारले कृषि क्षेत्रलाई नै पहिलो प्राथमिकता राखेर काम गर्ने सरकार तयार रहेको उहाँको भनाइ छ ।

 

“कृषिमा लगानी गरेर उत्पादन गरिएको वस्तु सहज रुपमा बजारसम्म पुर्याउन र बजारमा पुगे बिक्री गर्न समस्या र बाँझो जमिन उपयोगमा नहुने नै मुख्य समस्या भएको हो”, उहाँले भन्नुभयो ।

 

पहाडी जिल्लामा बाझो रहेको जमिनलाई उपयोग गरी युवालाई स्वरोजगार बनाउने गरी काम गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री थापाको जिकिर थियो । कृषि बजार तथा कोल्ड च्याम्बर पालिका र जिल्लाभरिका कृषकहरुले उत्पादन गरेका रैथाने बाली र अन्य उत्पादनको व्यवस्थापन गर्ने गरी निर्माण गरिएको हो । नगरपालिकाको रु १२ लाख १५ हजार ४७१ र कृषि विकास निर्देशनालय डोटीको रु ४१ लाख १९ हजार ९८४ गरी रु ८५ लाख एक हजार ८४० को लागतमा निर्माण गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख भूमिराज उपाध्यायले जानकारी दिनुभयो । उहाँले कृषि बजारमा कृषकले उत्पादन गरेर ल्याएका तरकारी तथा खाद्यान्न बाली बिक्री र उनीहरुलाई चिस्यान केन्द्र(कोल्ड स्टोर)मा राख्ने गरी खरिद बिक्रीको कार्य हुने बताउनुभयो । कोल्ड स्टोर निर्माणपछि कृषकले उत्पादन गरेका फलफूल, तरकारी, रैथाने बालीको एकै ठाउँबाट बिक्री वितरणमा सहज हुने कार्यालय प्रमुख उपाध्यायको भनाइ छ ।

सो केन्द्र विसं २०७६ मा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भए पनि पाँच वर्षपछि निर्माण कार्य सम्पन्न भएर हस्तान्तरण गरिएको हो । कृषि उपज सङ्कलन केन्द्रले भण्डार तथा बिक्री वितरणमा सहयोग पु¥याउने कृषि ज्ञान केन्द्रका प्रमुख उपाध्यायले बताउनुभयो । चिस्यान केन्द्रसहित कृषि हाट बजार सञ्चालनमा आएपछि उत्पादित आलु, बन्दा, सुन्तला, स्याउ र परम्परागत बालीको भण्डारण गर्न सहयोग पुग्ने नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

१० घण्टा अघि

रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता
रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

१ दिन अघि

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २३, २०८२

प्रधानमन्त्री ओलीले उद्घाटन गरे हुम्ला जोड्ने चुवाखोलाको बेलिब्रिज
प्रधानमन्त्री ओलीले उद्घाटन गरे हुम्ला जोड्ने चुवाखोलाको बेलिब्रिज

असार २२, २०८२

ताजा अपडेट

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई

    साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिद…

  • रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

    रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्…

  • भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

    भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र

    नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छै…

  • सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त

    सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त

  • जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

    जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री …