समाचार

पितृको सम्झानामा दीप प्रज्वलन गरी नमोबुद्ध जात्रा सम्पन्न


erastriya शनिबार, मंसिर ०१, २०८१

 

काभ्रेपलाञ्चोक, १ मङ्सिर: यहाँको नमोबुद्ध नगरपालिका–११ स्थित बौद्ध धर्मालम्बीहरूको ऐतिहासिक पवित्रस्थल नमोबुद्धमा शुक्रबारदेखि सुरु भएको जात्रा सम्पन्न भएको छ ।

 

कात्तिक शुक्ल पूर्णिमाको अघिल्लो रातदेखि सुरु भएको जात्राअन्तर्गत मेला भर्न गएकाले आफ्ना पितृहरूको सम्झानामा दुई दिन दुई रात दीप प्रज्वलन गरी जात्रा मनाएका हुन् । जात्रामा विशेष गरी तामाङ र नेवार समुदायका भक्तजनको उपस्थिति थियो ।
 

 

काभ्रेपलाञ्चोकको ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीय स्थान नमोबुद्धमा कात्तिक शुक्ल पूर्णिमाको अवसरमा ठूलो मेला लाग्दै आएको छ । शान्तिका प्रतिक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको धार्मिक विश्वासका साथ यस दिनलाई विशेष रूपमा मनाइँदै आइएको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले जानकारी दिनुभयो ।

 

“किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि नमोबुद्ध हो । उक्त स्थान ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामारकण भएको शिलालेखका उल्लेख गरिएको छ”, लामाले भन्नुभयो, “द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बर्सेनि बौद्ध धर्मालम्बीको घुइँचो लाग्दछ ।”

 

मेलामा करिब एक लाख भक्तजनले नमोबुद्धको दर्शन एवं पूजाअर्चना गरेका मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यो मेला अवधिभर परम्परागत गीत तथा नृत्यु प्रस्तुत गर्नेहरूको पनि उल्लेख्य सहभागिता थियो । गुठीका अध्यक्ष लामाका अनुसार मेला अवधिभर ‘पितृ’ को सम्झानामा बत्ती प्रज्वलन गरिएको हो । “यहाँ बर्सेनि पितृलाई बत्ती बाल्ने परम्परा रहँदै आएको छ । बत्ती बाल्नाले पितृलाई वर्षभरि उज्यालो हुने र पितृ सन्तुष्ट हुने धार्मिक मान्यता छ”, उहाँले भन्नुभयो । मेलामा सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, धादिङ, नुवाकोटलगायत जिल्लाका भक्तजनको सहभागिता रहेको समितिले जनाएको छ ।

 

नमोबुद्धका मूल लामागुरु कान्छा लामाका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य) का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल) मा शिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गर्नुभएको थियो । सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा यहाँ ठूलो मेला लाग्ने गरेको हो ।

 

“पाँच डमरु जन्माएकी बघिनी लक्ष्मी र पाँच डमरु भिक्षु मानिएको हो”, लामागुरु लामाले भन्नुभयो । उहाँका अनुसार राजकुमारले बघिनिलाई बचाएर आफूले देहत्याग गरेपछि राजारानीले देहत्याग गरेको स्थान नजिक चैत्यसेवामा बाँकी जीवन बिताउनुभएको थियो । तत्पश्चात् राजारानी शङ्खेश्वरी अजिअजिमाको नामले चिनिँदै आउनुभएको जनविश्वास छ ।

 

नमोबुद्धमा प्रायः सधैँ स्वदेशी तथा विदेशी बौद्धमार्गीहरूको चहलपहल हुने गर्दछ । यहाँबाट पनौतीसहित वरिपरिका हरियाली बस्ती, पूर्व–उत्तरतर्फका हिमश्रृङ्खला र पहाडी क्षेत्रका आकर्षक दृष्यावलोकन गर्न सकिन्छ । हाल यहाँ विशाल गुम्बा, मन्दिर र गुम्बाचैत्य छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा