समाचार

देउसीभैलोको रकमबाट विपद् व्यवस्थापन कोष


erastriya आइतबार, मंसिर ०२, २०८१

खोटाङ, २ मङ्सिरः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका स्थानीयबासीले देउसीभैलो खेलेर सङ्कलित रकमबाट विपद् व्यवस्थापन कोष स्थापना गरेका छन् । लालीगुराँस टोल विकास समितिमा आबद्ध ६० घरका स्थानीयले भैपरी आउने विपत्तिका घटनामा परेकालाई तत्काल उद्धार तथा राहत उपलब्ध गर्ने÷गराउने उद्देश्यले सङ्कलित रु एक लाख दुई हजार रकमबाट विपद् व्यवस्थापन कोष स्थापना गरेका हुन् ।

आगामी दिनमा कम्तीमा पनि रु २५ लाखको कोष बनाउनेगरी पहिलो चरणमा देउसीभैलाबाट सङ्कलित रकम राखेर कोष स्थापना गरिएको टोल विकास समितिका अध्यक्ष दिलकुमार राईले जानकारी दिनुभयो । “विपद् आइपर्छ भनेर कसैले पनि बचत गरेर राखेका हुँदैनन्, परेको बेला सबैसँग पैसा हुन्छ भन्ने पनि छैन, आफूसँग बचत नहुँदा धेरै घरपरिवारले दुःख पाएका छन् । आगामी दिनमा त्यस्तो नहोस् भनेर विपद् व्यवस्थापन कोष स्थापना गरेका हौँ । घटनाको प्रकृति तथा पीडितको अवस्था हेरेर राहत तथा सापटी दिइनेछ”, उहाँले भन्नुभयो ।

विपद् कोष स्थापना गर्ने भनेर तिहारमा देउसीभैलो कार्यक्रममा स्थानीयवासीले स्वतःस्फूर्त रूपमा दान गर्दा रु एक लाख दुई हजार रकम जम्मा भएको थियो । त्यसैमा क्रमिक रूपले थप्दै लानेगरी बोहोरीबोटमा जन्मिएर रोजगारी, अध्ययन तथा विभिन्न पेसा व्यवसाय सञ्चालन गर्न देशका विभिन्न भूभाग तथा विदेशमा रहेका स्थानीयवासीले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष राईले जानकारी दिनुभएको छ ।

रोजगारीको सिलसिलमा विभिन्न देशमा कार्यरत रहेका स्थानीयवासीलाई संयोजक तोकेर विपद् व्यवस्थापन कोषका लागि रकम सङ्कलन अभियान सुरु गरिएको छ । यसै अभियानअन्तर्गत भर्खरै स्लोभाकिया पुग्नुभएका स्थानीय जयकुमार राईको नेतृत्वमा सङ्कलन भएको रु १४ हजार पाँच सय कोषमा जम्मा भइसकेको समितिका कोषाध्यक्ष इन्द्रकला राईले जानकारी दिनुभयो ।

कोषमा जम्मा भएको रकमलाई वृद्धि गर्दै लैजान समितिभित्रका स्थानीयवासीलाई घुम्तीकोषका रूपमा पहिलो चरणमा रु ३० हजारसम्म ऋण दिने निर्णय गरिएको समितिका सचिव राजेन्द्र मगरले जानकारी दिनुभयो । “विपद् व्यवस्थापन कोषको ऋण लिने स्थानीयवासीले आम्दानीको स्रोत वृद्धि गर्ने कुनै न कुनै व्यवसाय सञ्चालन गर्नुपर्ने नियम बनाइएको छ । यसले स्थानीयवासीलाई आत्मनिर्भर हुने अवसरसमेत मिल्छ”, सचिव मगरले भन्नुभयो, “ऋण लिएर तोकिएको समयमा नबुझाएको खण्डमा हर्जनासहित असुल गर्ने नियम बनाएका छौँ । सबै कुरा पहिले नै अवगत गराएर ऋण दिने निर्णय गरिएको छ ।”

बोहोरीबोटका स्थानीयवासीले यसअघिदेखि नै प्रत्येक घरबाट मासिक रु ३० सङ्कलन गरेर सामाजिक काम गर्दै आएका छन् । सामाजिक काममा खर्च भएर बँचेको रकम कोषमा जम्मा गरेर ऋणमा दिने गरिएको जनाइएको छ । “अहिले स्थापना गरिएको विपद् व्यवस्थापन कोषमा मासिक रूपमा सङ्कलन गरिने रु ३० मिसाउँदैनौ, यो छुट्टै कामका लागि उपयोग हुन्छ”, उहाँले भन्नुभयो, “सुरुमा मासिक रु १० सङ्कलन गथ्र्यौँ । अहिले मासिक रु ३० पुर्याइएको छ । त्यही कोषमा जम्मा भएको रकमबाट एउटा सामुदायिक भवनसमेत बनाएर सञ्चालनमा छ ।”

नौ घर मगर र ५१ घर राई परिवारको बसोबास रहेको बोहोरीबोट गाउँमा हुने हरेक काजभोज तथा सांस्कृतिक कार्यक्रम आपसी सहकार्यमा गर्ने गरिएको छ । गाउँमा हुने विवाह, छेवर, पास्नी, गुन्यूचोली तथा मृत्यु कार्यमा आयोजना गरिने भोजभतेरमा प्रयोग हुने भाँडाकुँडा, थालबटुका, डाडुपन्यू, पाल, साउण्डस्टिम, स्ट्रेचरलगायत सामग्री आफँैले सङ्कलन गरेको रकमले खरिद गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा