समाचार

नागरिकलाई उठीवासको त्रासमा राख्ने काम नहोस् : अनुगमन टोली


erastriya मंगलबार, मंसिर ०४, २०८१

 

काठमाडौँ, ४ मङ्सिर : उठीवास अनुगमन टोलीले नागरिकलाई त्रासमा राख्ने काम नगर्न र नगराउन भूमि समस्या समाधान आयोगसमक्ष अपिल गरेको छ ।

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू जबर्जस्ती निष्कासनबाट पीडित बनेको तथा अनौपचारिक बस्तीका अधिकांश बासिन्दालाई उठीवासको त्रासमा राखिएको भन्दै टोलीले आयोगको ध्यानार्कषण गराएको हो ।

टोलीले आज आयोगलाई भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका काम सम्पन्न नहुँदासम्म आवासबाट निष्कासनको काम नगर्न÷नगराउन तीनै तहका सम्बन्धित सबै निकायलाई सूचित गर्न अनुरोध गर्दै ध्यानार्कषणपत्र बुझाएको छ । “भूमि आयोगको काम अवरुद्ध भएको अवस्थामा स्थानीय तथा सङ्घीय सरकारका केही निकायले मौखिक वा लिखित सूचना दिने गरेकाकाले आफूहरू चरम मनोवैज्ञानिक त्रासमा बाँच्न बाध्य भएका गुनासोहरू प्राप्त भएका छन्”, ध्यानार्कषण पत्रमा भनिएको छ, “राज्यबाट विशेष संरक्षणको आवश्यकता भएका नागरिकलाई उठीबासको त्रासमा राख्नेजस्तो विरोधाभाषलाई तत्काल अन्त्य गरिनुपर्छ ।”

एम्नेस्टी इन्टरनेसनल नेपाल, न्याय तथा अधिकार संस्था (जुरी–नेपाल), सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सिएसआरसी) र राष्ट्रिय महिला एकता समाजले संयुक्त रूपमा विज्ञ समेतको अनुगमन टोली गठन गरी उठीवास तथा उठीवासको त्रासका घटनाको अनुगमन गर्दै आएको छ । अनुगमन टोलीले काठमाडौँ, कैलाली, कञ्चनपुर, सिरहा, सुनसरी, झापा, मोरङ, कपिलवस्तु, सुर्खेत, दाङलगायत जिल्लामा कतिपय भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी जबर्जस्ती निष्कासनबाट पीडित बनेको तथा अनौपचारिक बस्तीका अधिकांश बासिन्दालाई उठीवासको त्रासमा राखिएको पाइएको बताएको छ ।

कतिपय बस्तीमा खानेपानी तथा बिजुलीलगायत आधारभूत सेवाबाट समेत वञ्चित गरी विभेदपूर्ण व्यवहार गरिइएको पाइएको टोलीले ध्यानार्कषणपत्रमा उल्लेख गरेको छ । टोलीले आयोगको काममा तदारुकताका साथ सहयोग गरेर भूमिहीन तथा अव्यवस्थित बसोबारीको समस्या समाधानको अभियानमा सहयोग गर्न सम्बन्धित सबैलाई सार्वजनिक आव्हानसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा