अर्थ/बाणिज्य

११ महिनामा १२ लाख नेपाली बिदेसिए


erastriya शुक्रबार, असार १५, २०८०

 चालु आर्थिक वर्षको ११ महिनामा करिब १२ लाख नेपाली विदेश उडेका छन् । रोजगारी र अध्ययनका लागि मात्रै बिदेसिनेको संख्या ८ लाख ५० हजारभन्दा बढी छ । स्वदेशमै रोजगारी सिर्जना गर्ने र गुणस्तरीय शिक्षा दिने सरकारी दाबीलाई यो संख्याले गलत साबित गरिदिएको छ ।

वैदेशिक रोजगार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा श्रमका लागि म्यानपावर कम्पनीमार्फत्‌ विदेसिएका नेपालीको संख्या सबैभन्दा बढी छ । अधिकांश कामदार भएर खाडी मुलुक गएका छन् । अघिल्लो वर्ष श्रमकै लागि ६ लाख २८ हजार नेपाली विदेसिएकोमा यो वर्ष असार १३ गतेसम्म मात्रै ७ लाख तीन हजार विदेश गएका छन् ।

पछिल्ला ५ वर्षको तथ्यांक हेर्दा चालु आर्थिक वर्षमा विदेसिनेको संख्या उच्च देखिएको छ । यसरी श्रमका लागि विदेश जानेमा युवाहरुको संख्या अधिक छ । यो वर्षमात्रै ४ लाख ३६ हजारले पहिलोपटक श्रम स्वीकृति लिएका छन् ।

रोजगारीका लागि मात्रै होइन, अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या पनि बढेको छ । यस वर्ष ७१ मुलुकमा अध्ययनका लागि १ लाख ५ हजार ९२ विद्यार्थीले अनुमति लिइसकेका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा २५ सयले बढी हो । अहिलो पनि दैनिक सरदर ५ सय विद्यार्थी अनुमतिका लागि वैदेशिक अध्ययन अनुमतिपत्र शाखामा धाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने
आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

जेठ १६, २०८२

उधोग मन्त्रीले भण्डारीले भने, ‘अब कालोपत्रे होइन, सडकलाई सेतो पत्रे गरौँ’
उधोग मन्त्रीले भण्डारीले भने, ‘अब कालोपत्रे होइन, सडकलाई सेतो पत्रे गरौँ’

जेठ ०७, २०८२

कर्मचारीको तलब वृद्धि गर्ने गरी आन्तरिक गृहकार्य
कर्मचारीको तलब वृद्धि गर्ने गरी आन्तरिक गृहकार्य

बैशाख ३०, २०८२

करिब बीस करोड रकमसहित एक जना पक्राउ
करिब बीस करोड रकमसहित एक जना पक्राउ

चैत ०४, २०८१

ताजा अपडेट

  • एक महिना भित्र भिजिट भिषामा छानबिन समिति बन्छ: प्रचण्ड

    एक महिना भित्र भिजिट भिषामा छानबिन समिति बन्छ: प्रचण्ड

  • फिफा क्लब विश्वकप भोलिदेखि, ३२ क्लब भिड्दै

    फिफा क्लब विश्वकप भोलिदेखि, ३२ क्लब भिड्दै

  • ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य सम्पन्न

    ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य सम्पन्न

  • दक्षिण अफ्रिकाले जित्यो २७ वर्ष पछि  आईसीसीको मुख्य प्रतियोगिता  टेस्ट च्याम्पियनसिपको उपाधि

    दक्षिण अफ्रिकाले जित्यो २७ वर्ष पछि आईसीसीको मुख्य प्र…

  • अस्पतालको होस्टेलको छतमा भेटियो दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स

    अस्पतालको होस्टेलको छतमा भेटियो दुर्घटनाग्रस्त विमानको…

  • इरानमाथि इजरायलको अर्को आक्रमण जारी

    इरानमाथि इजरायलको अर्को आक्रमण जारी

  • गृह मन्त्री लेखकले बोल्दै गर्दा रास्वपाले रोष्ट्रम पुगेर गरे नाराबाजी

    गृह मन्त्री लेखकले बोल्दै गर्दा रास्वपाले रोष्ट्रम पुगेर…

  • आजको राशिफल: २०८२ जेठ ३० गते शुक्रबार

    आजको राशिफल: २०८२ जेठ ३० गते शुक्रबार