राजनीति

कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत


erastriya सोमबार, मंसिर १०, २०८१

त्रिशूली (नुवाकोट), १० मङ्सिर : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने बताउनुभएको छ । नुवाकोटको दुप्चेश्वर–६ स्थित समुन्द्रटारमा आज सडक कालोपत्र शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा महतले नेकपा (माओवादी केन्द्र) को बारम्बारको घुर्कीबाट दुई ठूला दलबीच देश विकासको लागि गरिएको प्राणले अहिलेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने दाबी गर्नुभयो ।

 “ठूला दलहरू सत्ता सञ्चालनमा सहकार्य हुनु सुहाउँदो पक्ष होइन,” पूर्वमन्त्री डा महतले भन्नुभयो, “पाटी भन्दामाथि उठेर, जनताको पृष्ठ पोषणको लागी काम गर्न दुई दलबीच प्रतिबद्धता छ । यसलाई कायम राखेर अर्को निर्वाचनसम्म सत्ता गठबन्धन कायम रहन्छ ।”

 सरकार सञ्चालनमा ठूलो दल कांग्रेसले पार्टीभन्दा माथि देश र जनताको पक्षमा काम गर्न प्रतिनिधिहरू खटाएको उहाँले स्मरण गराउनुभयो । सोहीअनुसार नेकपा (एमाले) ले देश विकासको लागि सत्ता गठबन्धनको लक्ष्यअनुसार साथ दिँदै आएकाले कांग्रेस–एमालेको गठबन्धन आगामी चुनावपछि कायम हुनसक्ने उहाँको भनाइ छ ।  

 डा महतले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको क्रममा ऋणभन्दा अनुदान केन्द्रित कार्यक्रमलाई कांग्रेसले जोड दिने बताउनुभयो । “चीनसँग मात्र होइन जुनसुकै राष्ट्रसँग ऋण लिन सक्ने हैसियतमा मुलुक नभएकाले अनुदान र सहयोगका कार्यक्रमलाई मात्र कांग्रेसले स्वागत गर्दछ ।” उहाँले भन्नुभयो, “चीन सरकारसँग कोभिड यता भएका अनुदानका सहमति कार्यान्वयन गर्न, आगामी दिनमा अनुदान र सहयोगको दायरा बढाउन तथा लगानी भित्र्याउने किसिमका साझा कार्यक्रममा समझदारी गर्नुपर्दछ ।” प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा हुने सहमति तथा सम्झौताको लागि नेपाली पक्षले सरोकारवालाको सुझावअनुसार नै प्रस्ताव लैजाने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन
मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

साउन २८, २०८२

रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै
रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

साउन २६, २०८२

समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव
समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

साउन १९, २०८२

रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै
रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

साउन १६, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा