राजनीति

संसदमा सभामुखको मात्र फोटो छ, हाम्रो छैन : उपसभामुख राना


erastriya शनिबार, असार १६, २०८०

१६ असार, काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसदमा उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि जनाएकी छन् ।

६५ औं संसद दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफूप्रति पूर्वाग्रह राखेको जस्तो लागेको बताइन् । ‘भित्र पस्नेबित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ । हाम्रो त छैन । उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ । यो कुरा मनन गर्नुपर्छ’ उनले भनिन् ।

आफूले केही समयअघि सिंगापुरको संसदको भ्रमण गरेको र सो क्रममा सभामुखको फोटो विगतदेखि वर्तमानसम्म राखेको भन्दै नेपालमा भने त्यस्तो हुन नसकेको बताइन् ।

‘अस्ति म सिंगापुर गएको थिएँ । डब्ल्युटिओको कन्फ्रेन्समा । त्यहाँ पार्लियामेन्ट भिजिट गर्ने मौका पाएको थिएँ । त्यहाँ पहिलाका सभामुखज्यूले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो ? अहिलेका सभामुखज्यूले कस्तो लगाउनुहुन्छ ? त्यो विकास क्रमअनुसार त्यसरी राख्नुभएको छ अभिलेखका रुपमा । हामीमा खै त त्यस्तो ?’ उनले प्रश्न गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्रतिक्रान्तिकारी हरुलाई परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छः प्रचण्ड
प्रतिक्रान्तिकारी हरुलाई परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छः प्रचण्ड

फागुन २७, २०८१

कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैनः नेता खनाल
कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैनः नेता खनाल

फागुन २०, २०८१

जनताका समस्या राष्ट्रिय मुद्दाका रुपमा स्थापित गरिन्छ : अध्यक्ष दाहाल
जनताका समस्या राष्ट्रिय मुद्दाका रुपमा स्थापित गरिन्छ : अध्यक्ष दाहाल

फागुन १५, २०८१

माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल
माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल

फागुन १३, २०८१

ताजा अपडेट

  • विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

    विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

  • रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधिकांश भू–भाग कब्जा गरेको दाबी

    रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधि…

  • प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

    प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेट…

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस