समाचार

नवलपरासी बसपार्क उपयोगविहीन


erastriya आइतबार, मंसिर १६, २०८१

बर्दघाट सुस्तापश्चिम (नवलपरासी), १५ मङ्सिर : पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ मा रु दुई करोड ८० लाख लागतमा निर्माण गरिएको बसपार्क उपयोगविहीन छ ।

सहरी विकास मन्त्रालयले रु दुई करोड ८० लाख लागतमा निर्माण गरेको उक्त बसपार्कको भौतिक पूर्वाधार निर्माण सम्पन्न गरेको छ । रामग्राम नगरपालिकालाई बसपार्क दुई वर्ष पहिला नै हस्तान्तरण गरेको पनि अहिलेसम्म सञ्चालनमा नआउँदा यहाँका समस्या भइरहेको सहरी विकास मन्त्रालयका इन्जिनियर वीरेन्द्र मण्डलले बताउनुभयो ।

उहाँका अनुसार निर्माणाधीन बसपार्कमा सानाठूला ६० सवारीसाधन राख्न सकिने छ । बसपार्क जाने सडक साँघुरो भएकाले उपयोगविहीन भएको छ । समिर कन्स्ट्रक्सन कम्पनीले बसपार्क निर्माणको काम सम्पन्न गरेर २०७९ असारमा रामग्राम नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

पाल्ही मध्यनेपाल यातायात बस व्यवसायीका अध्यक्ष ऋषिराम पौडेलका अनुसार निर्माणाधीन नयाँ बसपार्क जाने सडक साँघुरो भएकाले बस आउनजान नमिल्ने भएपछि आफूहरूले जग्गा भाडामा लिएर महेशपुर–परासी सडकखण्डको छेउमा सवारीसाधन राख्ने गरिरहेको छ । रामग्राम नगरपालिकाले निर्माणाधीन बसपार्क आफूहरूलार्ई हस्तान्तरण नगरेकाले सवारी राख्न समस्या भइरहेको छ ।

सहरी विकासले स्थानीय तहलाई हस्तान्तरण नगरेको तथा बसपार्क जाने सडक साँघुरो रहेकाले अहिलेसम्म बसपार्क सञ्चालनमा नल्याएको रामग्राम नगरपालिका–४ का वडाध्यक्ष मदन यादवले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा