समाचार

Dark File का अभियन्ता राजकुमार तिमिल्सिना सहित ९ जना माथि गोली प्रहार


erastriya सोमबार, मंसिर १७, २०८१

Dark File का अभियन्ता राजकुमार तिमिल्सिना सहित ९ जना माथि गोली प्रहार

सिदाकुरा कार्यक्रम Dark File का अभियन्ता राजकुमार तिमिल्सिनासहित ९ जनाको समूहमाथि अभियान विस्तार एवं व्यक्तिगत कामले भारतको गोवामा रहदा अज्ञात समूहबाट गोली प्रहार भएको छ। गोली छलेर २ जना बॉचेका छन् भने अन्य ७ जनाको अवस्था अज्ञात छ। उनीहरूसंग भएको ल्यापटप २ थान, मोबाइल २ थान, नगद रू ९२ हजार ८०० र अन्य राजनीतिक एवं रणनीतिक दस्तावेज लगायत सामाग्रीहरू लुटिएको डार्क फाईलका अभियन्ता Rajkumar Timalsina ले आफ्नो फेसबुक मार्फत आज जानकारी दिएका छन् 

फेसबूक मा लेखेको कुरा जस्ता काे तेस्तै 

खुकुरी को धार मा हिड्ने सङ्कल्प गरे पछि जङ्गली काडा सग डराएर भाग्न हूँदैन। आत्मविश्वास र शक्ति निर्माण मा ढृढ छु।   

      भष्ट्र हरू के पी ओली परराष्ट्र मन्त्री आर्जु राणा गृहमन्त्री रमेश लेखक को आदेश वाट हाम्रा अभियान विस्तार,एवं व्यक्ति गत कामले भारतको गोवा मा रहदा भष्ट्र हरुको आदेश पालक भै हामी माथी हानेको एक गोली छलेर वाचियो ।9 जना साथीहरु मध्य हामी 2 जना सेभ भयौ भने अरु सात जना साथीहरु को अवस्था कस्तो छ तत्काल सार्वजनिक गरोस सरकार ले ?। हामी मरेर हैन वाचेर परीवर्तन गर्न चाहन्छौ।

हाम्रा ल्यापटप २ थान, मोबाइल२ थान पैसा ९२ हजार ८०० ,कागजात राजनीतिक एव रणनीतिक दस्तावेज लगायत सम्पुर्ण सामाग्री को जिम्मा भष्ट्र सरकारले लिनु पर्छ। 

  अभियान देश र जनताको हितमा लाग्ने छ । हामी हाम्रा घरपरिवार सवै त्याग गरेर हिडेका छौ।घर परिवार आफन्त इष्टमित्र लाई अनावश्यक धाकधम्की नदेउ । धाकधम्की दिनेको हिसाब किताब कानून बमोजिम हुनेछ,समय आएपछि।

 हामी द्वन्द्व चाहदैनौ।के राज्य ले हामी लाई हतियार वनाउन खोजेको हो ?वा हामी ले उठाएका एजेण्डा ले तिमी ३०/३५ वर्ष शासन गर्ने हरु कानून बमोजिम अप्ठ्यारो मा पर्ने भएकाले हामीलाई दवाउन खोजेको हौ?

  कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, पत्रकारिता, सवैधानिक आयोग को वर्तमान संरचनाले नेपाली जनताले न्याय नपाउने निचोड सहित अन्तरिम सरकार गठन,र छ देखि नौ महिना भित्र मा अन्तरिम सरकार ले सम्पुर्ण भष्ट्राचार काण्ड को छानविन गरी दोषीलाई कारबाही निर्दोष लाई सफाई दिलाउदै स्वच्छ राजनीतिक वातावरण बनाउन हामीले माग गरेका छौ।

अन्तरिम सरकार गठन ।

भष्ट्राचार का सम्पुर्ण काण्ड को छानविन ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रधानमन्त्री ।

समानुपातिक निर्वाचन प्रणाली खारेज ।

राष्ट्रिय सभा ७७ जना को।

१६५ प्रत्यक्ष निर्वाचित संसद ।

प्रदेश सभा खारेज प्रदेश सभा को अधिकार स्थानीय निकाय मा प्रत्यायोजन ।

निर्वाचित जनप्रतिनिधि पाटी सदस्य हुन नपाउने स्वतन्त्र हुनुपर्ने।

संसद को हकमा पाटी ह्वीप नलाग्ने हुनुपर्ने।

संसद र जनप्रतिनिधि को सम्पती पदमुक्त भए पछी जुनसुकै समयमा सम्पति शुद्धिकरण अन्तरगत छानविन हुनुपर्ने ।

न्यायपरिषद् र सवैधानिक परिषद् खारेज 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्,नेपाली सेना, सम्पूर्ण अदालत र न्यायधिश हरुले गरेका नितिगत एव रणनीतिक भष्ट्राचार काण्ड को छानविन गरी दोषीलाई कारबाही गर्न पाउनु पर्ने।

वर्तमान राज्य संयन्त्र का सम्पुर्ण कर्मचारी लाई ससम्मान विदाई गरी नया पिढी का कर्मचारी नियुक्त गर्नु पर्ने।

कृषि, उधोग बाणिज्य क्षेत्रमा सरकारले अपनत्व लिई युवा रोजगार सिर्जना गर्नुपर्ने।

शिक्षा स्वास्थ्य रोजगार राज्य ले निसुल्क उपलब्ध गराउनु पर्ने।

भिआइपी भिभिआइपि सुविधा,पेन्सन वन्द गरिनुपर्ने। 

विदेशमा रहने नेपाली जनतालाई मताधिकार को तत्काल व्यवस्था मिलाउनु पर्ने।

लगायत का मागहरु सम्बोधन गर्न सरकारलाई आग्रह गर्दछौँ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा