खेलकुद

एनपिएलः सुदूरपश्चिम रोयल्स विजयी


erastriya मंगलबार, मंसिर १८, २०८१

काठमाडौँ, १८ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई पराजित गर्दै सुखद् सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । विराटनगरले भने प्रतियोतिगामा लगातार दोस्रो हार बेहोरेको छ । यसअघि भएको पहिलो खेलमा विराटनगर जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो । विराटनगरका लागि बसिर अहमदले २८ बल खेल्दै दुई चौकाको सहयोगमा २४ रन बनाए । नौ बल खेलेका राजेश पुलामीले एक चौकाको मद्दतमा १५ रन बनाए । अनिल खरेलले १० रन बनाउनेबोहक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

त्यस्तै क्रिस सोलले नौ रन जोड्दा कप्तान सन्दीप लामिछाने आठ रनमा आउट भए । त्यस्तै इस्मत आलम ६ रनमा तगा निकोलस कीर्तोनले पाँच रन जोडे । बलिङतर्फ सुदूरपश्चिमका अभिनाश बोहोरा र स्कट कुगेलेइनले समान तीन तीन विकेट लिए भने ब्रान्डन म्याकमुलेन र सैफ अलि जैबले समान एक÷एक विकेट लिए । त्यसअघि दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८२ रनको योगफल तयार गरेको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमका कप्तान ऐरिले अविजित रहँदै २४ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५७ रन बनाए ।

त्यसैगरी ब्रेन्डन म्यामुलेनले २६ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३६ रन जोडे । विनोद भण्डारीले २० बलमा चार चौकाको सहयोगमा २३ रन जोडे भने इशान पान्डेले १६ बलमा दुई चौका र एक छक्काको सहयोगमा २१ रन बनाए । आरिफ शेखले पाँच बलमा दुई चौकाको सहयोगमा नौ रन जोडे । सेफ जेबले १५ बलमा एक छक्काको सहयोगमा १४ रन जोडे । विराटनगरका लागि अनिल खरेलले तीन विकेट लिए भने इस्मत आलम, बसिर अहमद र क्रिस सोलले समान एक ÷एक विकेट लिए ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा विभिन्न आठ टोली सहभागी छन् । जसमा काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् । प्रतियोगिताअन्तर्गत आजै हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच आज दिउँसो सवा एक बजे प्रतिस्पर्धा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

राष्ट्रिय महिला फुटबल टिमले सयौं खेल खेल्दै
राष्ट्रिय महिला फुटबल टिमले सयौं खेल खेल्दै

१ दिन अघि

आईसीसीले परिवर्तन गर्यो क्रिकेटका ६ नियम
आईसीसीले परिवर्तन गर्यो क्रिकेटका ६ नियम

असार १३, २०८२

टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै
टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

असार ०५, २०८२

त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा स्कटल्याण्ड र नेदरल्याण्डस भिड्दै
त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा स्कटल्याण्ड र नेदरल्याण्डस भिड्दै

असार ०१, २०८२

ताजा अपडेट

  • कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

    कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोष…

  • सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

    सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधे…

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…

  • चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो

    चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपम…

  • जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त

    जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्…

  • प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

    प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

  • रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्रहार गरेको दाबी

    रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्…