समाचार

लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान सुरु


erastriya बुधबार, मंसिर १९, २०८१

राँझा (बाँके), १९ मङ्सिर : लुम्बिनी प्रदेशको कृषि विकास निर्देशानालयले १२ वटै जिल्लामा ‘विषादी सचेतना अभियान २०८१’ सुरु गरेको छ ।

‘सबैको चाहना, विषादीमुक्त खाना’ भन्ने मूल नाराका साथ मङ्गलबार बाँकेको खजुरामा औपचारिक कार्यक्रम आयोजना गरी लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा विषादी सचेतना अभियान सञ्चालन गरेको कृषि विकास निर्देशनालय लुम्बिनीका महानिर्देशक यमनारायण देवकोटाले जानकारी दिनुभयो । “बढ्दो रासायनिक विषादीको प्रयोग, यसबाट मानव स्वास्थ्यमा हुने गम्भीर जोखिमलाई न्यूनीकरण गर्दै रासायनिक विषादीको विकल्पसहितको सचेतना कार्यक्रम सुरु गरेका छौँ”, देवकोटाले भन्नुभयो, “कसैले जानेर त कसैले अन्जानमा विषादीको प्रयोग गरिरहेका छन्, सुरक्षित विषादीको प्रयोग कसरी गर्ने र यसको जोखिमबाट कसरी बच्ने भन्ने विषयमा यो कार्यक्रम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।”

बाँकेबाट यो कार्यक्रमको औपचारिक रूपमा सुरुआत गरिएको र हरेक जिल्लामा सम्बन्धित सरोकारवाला कार्यालयबाट वर्षैभर यो कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ । अभियानअन्तर्गत हरेक सरोकारवालासँग भेटघाट, छलफल, विद्यालयका विद्यार्थीमार्फत सचेतना कार्यक्रमलगायत गतिविधि गरेर व्यापक जनचेतना फैलाइने जनाइएको छ । विषादीको बढ्दो अनुचित प्रयोग कम गराउने, कृषि उपज उत्पादकलाई विषादीको नकारात्मक असरबारे जानकारी गराउने र सुरक्षित राख्ने, तरकारी तथा फलफूल उपभोक्ताको सुरक्षा गर्ने, किसानको अनावश्यक आर्थिक नोक्सानी हुन नदिने, विषादी प्रयोगकर्तालाई सबैको स्वास्थ्यप्रति संवेदनशील हुन सचेत गराउने, सुरक्षित विषादीको प्रयोगसम्बन्धी जनचेतना फैलाइ स्वस्थ बाली उत्पादनको सन्देश प्रवाह गर्नेलगायत कार्यक्रमको उद्देश्य रहेको महानिर्देशक देवकोटाले बताउनुभयो ।

कृषि विकास निर्देशनालय लुम्बिनीका वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरेले लुम्बिनी प्रदेशमा हरेक वर्ष विषादीको आयात बढेको र अत्यधिक प्रयोग हुने गरेको बताउनुभयो । विषादीको सुरक्षित प्रयोगसम्बन्धी ज्ञान नहुनु, जानकार किसान लापरबाही हुनु, वैकल्पिक विधिका बारेमा ज्ञान नहुनु, भारतीय विषादी र बीउविजनको बढी विश्वास गर्नु, सबै विषादीलाई मिसाएर प्रयोग गर्नु, पर्खनुपर्ने अवधिबारे प्रायः किसानलाई जानकारी नहुनु, रासायनिक विषादीको विकल्प सहज रूपमा उपलब्ध नहुनुलगायत कारणबाट प्रयोगकर्ता विषाक्त हुँदै गएको उहाँको भनाइ छ ।

कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र खजुराका निमित्त प्रमुख श्रीधर ज्ञवालीले रासायनिक विषादीलाई नियन्त्रण गर्न किसानलाई तालिम दिँदा रासायनिक विषादीको कम प्रयोग र मानव शरीरलाई असर नपुग्ने गरी चेतना जगाउने किसिमको तालिम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । हरेक किसान र उपभोक्ताको पहुँचमा पुगेर यससम्बन्धी जनचेतना प्रदान गरी उनीहरूलाई सचेत बनाउनुपर्ने उहाँले बताउनुभयो ।

बाली संरक्षण प्रयोगशाला, कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र, बिउविजन प्रयोगशाला, मल तथा माटो परीक्षण प्रयोगशाला र कृषि ज्ञान केन्द्र बाँकेको संयुक्त आयोजनामा विषादी सचेतना अभियानको शुभारम्भ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा