समाचार

छपन्न लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ


erastriya बुधबार, मंसिर १९, २०८१

वालिङ (स्याङ्जा), १९ मङ्सिरः सुन्तला गे्रडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो ।

नेपालमा पहिलोपटक २०७५ सालदेखि सुन्तलाको गे्रडिङ मेसिन जडान गरी काम सुरु भएसँगै सहज भएको बागवानी सञ्चालक एवं अगुवा किसान फणिनारायण अर्यालले बताउनुभयो । पोष्ट हार्भेष्ट निर्देशनालय काठमाडौँ र बागवानी फार्मबीच सम्झौता भएर ८५ प्रतिशत अनुदानमा रु ५६ लाख लागतमा भारतबाट मेसिन ल्याई जडान गरिएको हो ।

“निर्देशनालयको ८५ प्रतिशत अनुदान र फार्मको १५ प्रतिशत लागत साझेदारीमा सुन्तलाका क्षेत्रमा ग्रेडिङ प्रविधि नेपालमा पहिलोपटक भित्रिएको हो”, उहाँले भन्नुभयो, “मेसिन जडान भएसँगै सुन्तलाको ग्रेडिङ तथा सफा गर्न सहज भएको छ ।” प्रतिघण्टा पाँच टनसम्म सुन्तला ग्रेडिङ गर्ने क्षमताको मेसिनले फोहरमैला, कालो टीका सफा गर्ने सञ्चालक अर्यालले बताउनुभयो ।

सञ्चालक अर्यालले बगैँचामा उत्पादन भएका सुन्तला तथा अन्य किसानबाट खरिद गरेका सुन्तला मेसिनमार्फत ग्रेडिङ गरी बजार पठाउँदै आउनुभएको छ । “मेसिनबाट विभिन्न आठवटा आकारमा सुन्तलाको वर्गीकरण गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “मान्छे लगाएर काम गर्दा झण्झटिलो, धेरै कामदार लाग्ने, दाग लाग्ने, थिच्चिनेजस्ता समस्या हुुन्थ्यो, मेसिनको प्रयोगले सहज भएको छ ।”

आठवटा आकारमा सुन्तला ग्रेडिङ गरेर छुट्याइए पनि बजार मागका आधारमा चारवटा आकारमा पठाउने गरिएको उहाँले बताउनुभयो । साना सुन्तलाको प्रतिकेजी न्यूनतम मूल्य रु २५ देखि ठूला सुन्तलाका मूल्य रु ९० मा अहिले फार्मबाट बिक्री हुने गरेको छ । फार्मले सुन्तलाको बजारीकरणका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालकसँग सम्झौता गरेको छ । उक्त कम्पनीसँग गत वर्षदेखि ५० टन सुन्तला उपलब्ध गराउनेगरी सम्झौता भएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने
आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

जेठ १६, २०८२

उधोग मन्त्रीले भण्डारीले भने, ‘अब कालोपत्रे होइन, सडकलाई सेतो पत्रे गरौँ’
उधोग मन्त्रीले भण्डारीले भने, ‘अब कालोपत्रे होइन, सडकलाई सेतो पत्रे गरौँ’

जेठ ०७, २०८२

कर्मचारीको तलब वृद्धि गर्ने गरी आन्तरिक गृहकार्य
कर्मचारीको तलब वृद्धि गर्ने गरी आन्तरिक गृहकार्य

बैशाख ३०, २०८२

करिब बीस करोड रकमसहित एक जना पक्राउ
करिब बीस करोड रकमसहित एक जना पक्राउ

चैत ०४, २०८१

ताजा अपडेट

  • अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु

    अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृह…

  • मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृति, ८१ किमी लामो हुने

    मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृति, ८१ किम…

  • ललित निवास छानबिन संयोजकले भने, ‘अन्य केशहरुमा पनि अख्तियार अघि बढ्न सकोस्'

    ललित निवास छानबिन संयोजकले भने, ‘अन्य केशहरुमा पनि…

  • माधव नेपालबिरूद्द भ्रष्टचार मुद्दा दायर सांसद पद निलम्बन

    माधव नेपालबिरूद्द भ्रष्टचार मुद्दा दायर सांसद पद निलम्…

  • सम्पर्क बीहीन भए रवीन्द्र मिश्र र धवल शम्शेर, जिम्मा लिएका वकिललाई ५० हजार जरिवाना

    सम्पर्क बीहीन भए रवीन्द्र मिश्र र धवल शम्शेर, जिम्मा लिए…

  • संसारको सबैभन्दा पुरानो होटल, जाे ५२ औं पुस्तासम्म चलिरहेछ निरन्तर

    संसारको सबैभन्दा पुरानो होटल, जाे ५२ औं पुस्तासम्म च…

  • आजको राशिफल: २०८२ जेठ २२ गते बिहिवार

    आजको राशिफल: २०८२ जेठ २२ गते बिहिवार

  • कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा

    कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अ…